विशेषमा रहेका समाचारहरु

नेपालमा भारतीय विदेशमन्त्रीको व्यस्तता, राष्ट्रपतिदेखि राजपा नेतासँग भेटघाट

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज भेटवार्ता गर्दैछिन् । विमिस्टेकको कार्यक्रममा सहभागी हुन नेपाल आएकी स्वराजले आजै अपराह्न राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै भेट्न लागेकी हुन् । स्वराजले आजै राष्ट्रिय जनता पार्टीका नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ । सोल्टी होटलमा राति ९ बजे हुन लागेको छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन लागायतका विषयमा छलफल हुने छ । राजपाका अध्यक्षमण्डलका नेताहरुले मन्त्री...

सांसद र मन्त्रीलाई ‘हिरोइज्म’ को रोग

ज्योति बानियाँ, नेपालगन्ज । व्यवस्थापिका-संसद्भित्रका १२ समितिहरूको विषयगत कार्यविभाजन गरिएको छ । सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने मात्र नभई सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन तथा मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनको लागि यस्ता समिति गठन गरिएका हुन्छन् । यस्ता समितिहरूलाई मिनी संसद् पनि भन्ने गरिन्छ । ती समितिको मन्त्रालयका आधारमा कार्यक्षेत्र तोकिएको छ, तर अहिले आफ्नो कार्यक्षेत्रभित्र पर्दै नपर्ने मन्त्रालयको कामकारबाही र विषयहरूलाई पनि संसदीय समितिमा प्रवेश गराई छलफल गराउने क्रम बढ्दो...

तराईका २० जिल्लामा आज सार्वजनिक विदा

नेपालगन्ज । सरकारले तराईका २० जिल्लामा आज सार्वजनिक विदा दिएको छ । श्रावण शुक्ल पूर्णिमामा रक्षाबन्धन पर्व मनाउने भन्दै सरकारले सार्वजनिक विदा दिएको हो । तर, सोमबार चन्द्रग्रहण लाग्ने हुँदा पञ्चांग निर्णायक समितिको निर्णय अनुसार साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो । धेरैजसो मधेसी समुदायले भने नागपञ्चमीको दिन जनैपूर्णिमा र रक्षाबन्धन पर्व नमनाउने घोषणा गरेका थिए । तिनै मधेसी समुदायलाई लक्षित गर्दै सरकारले २० जिल्लामा सार्वजनिक विदा...

नेपाल: प्रधानमन्त्री र मन्त्री बनाउने कारखाना!

सन्जिब बगाले, काठमाडौं । पञ्चायतकालमा नेपाल प्रधानमन्त्री उत्पादन कारखाना जस्तै थियो। दरबारले प्रधानमन्त्रीका रूपमा कसैलाई टिप्ने र फ्याक्ने गरिरहन्थ्यो। दरबारको प्रत्यक्ष शासनकालमा सामान्यता सरकार स्थिर हुनुपर्ने हो। तर, त्यस्तो भएन। २०१७ सालदेखि २०४७ सालसम्मको ३० वर्ष लामो पञ्चायतकालमा १५ पटक प्रधानमन्त्री फेरिए। ‘लुते’ प्रधानमन्त्री काम गरेन भनेर फालिन्थे, ‘बलिया’ धेरै बलियो र प्रभावशाली होला भनेर फालिन्थे। २०४७ सालमा बहुदलीय ब्यवस्थाको पुनर्स्थापना भएपछि पनि सरकार फेरिने काम रोकिनुको सट्टा झन् तिब्र भयो। २०४७ सालदेखि राजा ज्ञानेन्द्रले...

मन्त्रीपरिषद् विस्तार: देउवा नेतृत्वको सरकारमा १९ नयाँ मन्त्रीहरूद्वारा सपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहनुभएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)...

पप्पु कन्स्ट्रकसन जेभीलाई ५ करोड ५० लाख रुपैयाँ हर्जाना

कमला हमाल, नेपालगन्ज । एसियाली विकास बैंक (एडिबी) ले जमुनहा–राँझा सडक खण्ड निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रकसन जेभीलाई ५ करोडभन्दा बढी रुपैयाँ हर्जाना तिराएको छ। सम्झौता अनुसारको काम समयमा पूरा नगरेपछि एसियाली विकास बैंकले पप्पु कन्स्ट्रकसन जेभीलाई करिब ५ करोड ५० लाख रुपैयाँ हर्जाना तिराएको मध्यपश्चिम क्षेत्रीय सडक निर्देशनालय डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख अर्जुनकुमार बमले जानकारी दिनुभयो । उहांले पप्पु कन्स्ट्रक्सनको ठेक्का जुलाई, २०१६ सम्म मात्र भएकोले अब पप्पु...

‘आफ्नो पकड क्षेत्र बनाउन नसकेका बाघले मानिसलाई ताक्छ’

चितवन: नङ्ग्रे नाम गरेको एउटा पोथी बाघ पश्चिम चितवनको विभिन्न क्षेत्रमा डुल्दै आएको छ । बस्ती भित्रै छिरेर उसले ठूलो आतंक नमच्याए पनि सामुदायिक वन तथा करिडोर क्षेत्रमा उसले २० जना मानिसमाथि आक्रमण गरिसकेको छ । अहिलेसम्म नियन्त्रणमा आउन नसकेको उक्त बाघबाट मानवीय जोखिम कायमै छ । मान्छे मार्न पल्केकाले पनि उसले यसरी धेरै मान्छेलाई आक्रमण गरेको अनुसन्धानकर्मीहरु बताउँछन् । चार वर्षअघि अर्काे एउटा बाघले नवलपरासीको त्रिवेणी क्षेत्रमा फुटबल हेरिरहेका एक...

सत्तासाझेदार र पार्टी भित्र विश्वास गुमाउँदै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा

नेपालगन्ज । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी भित्रै आलोचनामा सुरु भएको छ । पार्टी भित्र मात्र नभइ सत्तासाझेदार माओवादी केन्द्रले समेत देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । पार्टी भित्रको विबादका कारण देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह असन्तुष्ट देखिएको छ । पौडेल समूहले महामन्त्री डा शशांक कोइरालामार्फत केन्द्रीय समितिको बैठक...

बाँकेमा मतदाता शिक्षा फेल, औपचारिकताका लागि मात्र मतदाता शिक्षा

कमला हमाल, नेपालगन्ज । ८ स्थानिय तह रहको बांकेमा २ सय ९५ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालित भएता पनि समग्रमा बांकेमा १३ देखि १४ प्रतिशत मत बदर भएको विभिन्न गैरसरी संस्थाबाट खटिएका प्रवेक्षक टोलीको प्रतिवेदनमा उल्लेख गरीएको छ । नेपालगंज उपमहानगरपालिकामा मात्र हर्ने हो भने प्रमुख पदमा सदर मत ४१ हजार ८ सय ५३ भएको छ भने बदर मद ६ हजार ८ सय १६ रहेको छ । यसको बदर...

राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनौती

नेपालगन्ज । नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिने/नचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। ‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना हुनुका पछाडि मुलुकको आर्थिक, प्राकृतिक स्रोत–साधनमा राजनीतिक दलका अनगिन्ती राजा र उनका भाइभारदारका रूपमा देखिएका कार्यकर्ताबीच भागबन्डा हुनु नै हो ।’ महान्...