विशेषमा रहेका समाचारहरु

इन्टरपोलको तथ्यांक अध्यागमनमा नहुँदा सुरक्षा चुनौती

१९ पुस,काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन (इन्टरपोल) ले आतंककारी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तथ्यांक(डाटा) नेपालको अध्यागमन संयन्त्रसँग नजोड्दा अवाञ्छित व्यक्तिहरूको आवागमनले मुलुकमा सुरक्षा चुनौती बढाएको छ। त्यसले नेपालको सीमा सुरक्षामा समेत असर पार्दै आएको छ। इन्टरपोलले तयार पारेको मोबाइल इन्टरपोल नेटवर्क डाटाबेस (माइन्ड) र फिक्सड इन्टरपोल नेटवर्क डाटाबेस (फाइन्ड) का डाटा अध्यागमन विभागको पहुँचमा छैन। यसमा पहुँच नहुँदा अध्यागमन विभागले इन्टरपोलको डाटाबेसमा रहेका संदिग्ध व्यक्तिको पहिचान गर्न सक्दैन। माइन्डमा हराएका...

द्वन्दकालमा बेपत्ता परेका उजूरीमा राज्यनै बढी दोषी

पुस १०,देबेन्द्र बस्नेत,दाङ ।द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’आयोगले प्रारम्भिक छानबिन पूरा गरिसकेको छ । प्रारम्भिक चरणको कारबाही...

लागुऔषधीको बिगबिगी,धमाधम पक्राउ पर्दै

पुस, ६- जनकराज सापकोटा/ काठमाडौँ । विशेष सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू गत सोमबार कलंकी चोकमा बसे । करिब एक घण्टा लामो कुराइपछि उनीहरूले थानकोट हुँदै काठमाडौं भित्रिन लागेको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी रोके ।  त्यो त्यही गाडी थियो, जसको पछाडिको सिटमा नियन्त्रित लागूऔषध ब्रुप्रिनर्फिन १२ सय एम्पुल, डाइजेपाम १२ सय एम्पुल र फेनारगन ११ सय एम्पुल लुकाइएको थियो । दुखाइ कम गर्न र सुत्केरी महिलाको उपचारका क्रममा सुईबाट प्रयोग गरिने...

अष्ट्रेलियाको पर्थमा दशैं मेला हुने

कल्पना आचार्य, पर्थ । अष्ट्रेलियाको पर्थमा दशैं मेला हुने भएको छ । अष्ट्रेलियाको पश्चिमी शहर पर्थमा बस्ने नेपालीहरुको संस्था पर्थ नेपालले पर्थ दशैं मेला २०१७ गर्न लागेको छ । सेप्टेम्बर महिनाको १६ तारिखमा हुने दशैं मेलामा चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्री, चर्चित नृत्यांगना माला लिम्बु र युवा पुस्ताका चर्चित गायक अलमोडा राणाको धमाकेदार प्रस्तुति रहने आयोजक पर्थ नेपालले जनाएको छ । त्यस क्षेत्रमा बस्ने नेपालीहरुलाई समेट्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको...

राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आन्तरिम आदेश

नेपालगन्ज । सर्वोच्च अदालतले बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । साथै बाढीपीडितलाई तत्काल राहत, उपचारको व्यवस्था गर्न पनि भनेको छ । यसैबिच सरकारले बाढी पीडितहरुका लागि विदेशबाट आउने नगदसँगै वस्तुगत सहयोग पनि लिने निर्णय गरेको  छ । मुख्यसचिवको नेृतृत्वमा...

प्रदेश र केन्द्र निर्वाचनको मितिबारे प्रधानमन्त्रीले आज शीर्ष नेताहरूसँग छलफल गर्ने

नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) मुख्य तीन दलका शीर्ष नेतासँग छलफल गरी प्रदेश र केन्द्रीय निर्वाचनको मिति टुंगो लगाउने बताएका छन्। मंगलबार प्रधानमन्त्री देउवालाई भेट्न गएको  न‍िर्वाचन आयोगको टोलीसँग उनले यस्तो बताएका हुन्। यसअघि आयोगले उनलाई भदौ १ भित्र निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो। प्रधानमन्त्री देउवाले आयोगकै आग्रह अनुसार मिति घोषणा गर्ने प्रतिबद्धता पनि जनाएका थिए। हिजो भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले देउवालाई पुन: पर्सि भदौ १...

मनमोहन मेडिकल कलेज किन्ने गृहकार्य गर्न सरकारले बनायो कार्यदल

नेपालगन्ज । मनमोहनसहितका आशयपत्र लिइसकेका मेडिकल कलेज किन्नेबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट सरकारले निजी मेडिकल कलेज खरिदका लागि मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो। बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो। समितिमा अर्थ, शिक्षा, स्वास्थ्य मन्त्रालयका सचिव र सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदलले मेडिकल कलेज खरिदबारे नीतिगत, कानुनी र प्रक्रियाबारे सरकारलाई सुझाव दिनेछ। ...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कृष्ण भगवानको पूजाअर्चनाका लागि आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्तहरुको भीड लागेको छ । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको...

बाढीग्रस्त क्षेत्रका बासिन्दाहरुलाई आबस्यक जानकारी

अहिले नेपालभरि जताततै बाढीग्रस्त क्षेत्र बनेको छ । बाढीग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सुझाब – १. मोबाइल फोनको न्यूनतम प्रयोग गर्नुहोस्। इमरजेन्सीमा मोबाइल चाहिन्छ। २. सकिन्छ व्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्‍नुस्। सरकारी तथा आपत्कालिन उद्धारबारेको जानकारी रेडियोले दिन्छ। ३. एउटा टर्च राखिराख्‍नोस्। रात परेपछि काम लाग्छ। ४. शुद्ध पानीको जोहो गरिराख्‍नुस्। खानेकुरा जोगाउनोस्। ५. बिरामी र उनीहरुको औषधि, वृद्ध र बालबालिकाको राम्रो हेरविचार गर्नोस्। ६. बत्ती कतै शट भएको छ कि छैन चेक गर्नोस्। ७. रात‌ि सुत्दा...

यसरी हुदैछ निर्बाचन क्षेत्रको निर्धारण

नेपालगंज:प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धाण गर्न गठन भएको आयोगले जनसंख्या र भूगोलका आधारमा पहिले कायम २४० निर्वाचन क्षेत्रलाई नयाँ संविधानको व्यवस्था अनुसार एक सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको हो । प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संख्या लगभग टुंगो लगाएको छ । आयोगले निर्धारण गरेको संख्यामा सबै भन्दा बढी प्रदेश ३ मा ३३ वटा निर्वाचन क्षेत्र तोक्ने गरी छलफल भएको छ । त्यसपछि २ नम्बर प्रदेशमा ३२, र १...