विशेषमा रहेका समाचारहरु

निर्वाचन क्षेत्र निर्धारण ऐन संविधानसँग बाझियोः विज्ञ

नेपालगन्ज । सरकारले प्रदेश र केन्द्रको चुनावका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने तयारी गरिरहेको छ । तर, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विज्ञहरुले चाहिँ सरकारले गत चैतमा बनाएको निर्वाचन क्षेत्र निर्धारण ऐन संविधानसँग बाझिएको जिकिर गरेका छन् । मानवशास्त्र एवं जनसंख्याशास्त्रका विज्ञ डम्बर चेम्जोङले भने– ‘अहिलेको निर्वाचन क्षेत्र निर्धारण ऐन २०७३ संविधानसँग बाझिएको छ, सबैभन्दा पहिले यो ऐन नै संशोधन गर्नुपर्छ अनिमात्रै निर्वाचन क्षेत्र निर्धारण आयोगले काम गर्न सक्छ ।’ निर्वाचन क्षेत्र निर्धारण...

नवनिर्वाचित मेयर, उपमेयरको भोली सपथ ग्रहण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई भोली(विहीवार) सपथ ग्रहण गराइदैछ । उपमहानगरपालिकाको परिसरमा विहान ११ वजे आयोजित समारोहबीच जनप्रतिनीधीलाई प्रमाण पत्र वितरण, शपथग्रहण तथा स्वागत गरिने कार्यक्रम तय गरिएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नवनिर्वाचित मेयर डा धवल शमशेर राणा, उपमेयर उमा थापा लगायत वडा अध्यक्षलाई प्रमाण पत्र वितरण गर्दै सपथ ग्रहण गराउनु हुने छ । न्यायधिश, सांसद, सरक्षा अंगका प्रमुख, विभिन्न दलका प्रमुख एवं...

बाँकी निर्वाचन सम्पन्न गर्न आयोगद्वारा ऐनको माग

नेपालगन्ज । निर्वाचन आयोगले आगामी माघ ७ गतेभित्र प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्न यही असार मसान्तभित्र आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकारसँग माग गरेको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा रहेको तीनैवटा निर्वाचन सो मितिभित्र सम्पन्न गर्न आयोगले कानुन खोजेको हो । यस अतिरिक्त निर्वाचनका लागि आवश्यक पर्ने आर्थिक र अन्य सहयोगको मागसहित उसले सरकारलाई चरणबद्ध कार्ययोजनासमेत बुझाएको छ । “मसहित आयोगका पदाधिकारीले शु्क्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट...

को हुन बाँके कांग्रेसका पूर्ण प्रसाद आचार्य ?

बागेश्वोरिपोष्ट :वि.सं. २०४४ सालमा सल्यानको कालागाउँमा सामान्य परिवारमा जन्मे लिदै कोहलपुर नगरपालिका वडा नम्बर ८ मा बसाइसरेका पूर्ण प्रसाद आचार्य नेपाली कांग्रेसको पारिवारिक पृष्ठभुमीले गर्दा विद्यार्थी जीवनदेखी नै नेपाल विद्यार्र्थी संघको राजनितिमा लागे । भनिन्छ नि हुने विरुवाको चिल्लो पात भने झैं उनी बाल्यकालदेखि नै सरल, जुझारु स्वभावका कारण विद्यार्थी राजनीतिमा सक्रिय रुपमा देखा परे । उनको राजनैतिक आचरण, संगठन प्रतिको लगनशीलता र इमान्दारिताले गर्दा कम उमेरमा नै नेपाल...

ज्ञानेन्द्रबारे प्रचण्डको खुलासा, ‘अवसर गुमाउँदा राजतन्त्र गुम्यो’

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रकै कारण राजतन्त्र गुमेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले मौका समाउन नसक्दा राजतन्त्र नै गुमेको समेत उनले जिकिर गरे । मंगलबार नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको पुस्तक ‘अंश’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धकालमा आफुहरुले राजासंगै वार्ता गर्न खोजे पनि तत्कालीन राजा ज्ञानेन्द्रले बेवास्ता गरेको उल्लेख गरे । ‘हाम्रो नीति तत्कालीन सरकार भन्दा पनि राजासंग नै प्रत्यक्ष वार्ता गर्ने...

मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक निष्कर्षबिहीन

नेपालगन्ज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बेलुका बसेको बैठक बिहीबार पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा...

छुट भएका दललाई नाम र दस्तखतको नमुना बुझाउन तीनदिन

नेपालगन्ज । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन आज उक्त समयसीमा तोकेको हो । उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका...

स्थानीय तहमा कर्मचारीको भूमिका

संविधानअनुसार मुलुकमा तीन तहको शासकीय संरचना (सङ्घ, प्रदेश र स्थानीय तह) कायम भएको छ । यो संरचनाअनुसार मुलुकभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण भएका छन् । तीमध्ये महनगरपालिका ४, उपमहानगरपालिका १३, नगरपालिका २४६ र गाउँपालिका ४८१ छन् । स्थानीय तहको सङ्ख्या, सिमाना निर्धारण आयोगले विगतका गाविस र नगरपालिकालाई पुनर्संरचना गरेकाले स्थानीय तहको कार्यसञ्चालन ढाँचा पनि परिवर्तन भएको छ । कर्मचारीको संरचना पनि बदलिएको छ । कर्मचारीको कामको...

नवनिर्वाचित प्रधानमन्त्री देउवाले लिए सपथ, मन्त्रिपरिषद् सात सदस्यीय

नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो । यसअघि उहाँ विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल...