‘आफ्नो पकड क्षेत्र बनाउन नसकेका बाघले मानिसलाई ताक्छ’
प्रकाशित मिति : २०७४, ४ श्रावण बुधबार २१:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन: नङ्ग्रे नाम गरेको एउटा पोथी बाघ पश्चिम चितवनको विभिन्न क्षेत्रमा डुल्दै आएको छ । बस्ती भित्रै छिरेर उसले ठूलो आतंक नमच्याए पनि सामुदायिक वन तथा करिडोर क्षेत्रमा उसले २० जना मानिसमाथि आक्रमण गरिसकेको छ ।
Advertisement
अहिलेसम्म नियन्त्रणमा आउन नसकेको उक्त बाघबाट मानवीय जोखिम कायमै छ । मान्छे मार्न पल्केकाले पनि उसले यसरी धेरै मान्छेलाई आक्रमण गरेको अनुसन्धानकर्मीहरु बताउँछन् ।
चार वर्षअघि अर्काे एउटा बाघले नवलपरासीको त्रिवेणी क्षेत्रमा फुटबल हेरिरहेका एक जना दर्शकलाई तानेर लग्यो । त्यसपछि राष्ट्रिय निकुञ्जका खोरमा ल्याएर राखिएको उक्त बाघले खोर नाघेर निकुञ्जका कर्मचारी हरि बोटलाई समेत मा¥यो ।
यो बाघ भारतमा समेत पुग्ने गरेको अध्ययनले देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका अनुसन्धान अधिकृत बाबुराम लामिछाने बताउनुहुन्छ । यी दुई घटना एउटा उदाहरण हुन् । मुख्यगरी आफ्नै पकड क्षेत्र बनाउन नसकेका र अरु बाघले विस्थापित गरेका बाघबाट बढी मानवीय जोखिम देखिने गरेको हालै गरिएको एक अध्ययनले देखाएको छ । यस्ता बाघ २२ वटा पाइएका छन् ।
‘अरुचाहिँ घाइते, अशक्त, मान्छे खान बानी परेको र जम्काभेट हुँदा बाघले मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ”– अनुसन्धान अधिकृत लामिछाने भन्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा लामिछानेलगायत निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल, अर्का विज्ञ डा नरेश सुवेदी लगायतको टोलीले सन् २००७ देखि २०१६ सम्म अनुसन्धान गरेको थियो ।
सो अनुसन्धानको हालै सार्वजनिक प्रतिवेदनअनुसार चितवनमा भएका बाघमध्ये २२ वटा बाघ यस्तो समस्याले ग्रस्त देखिएको पाइएको छ । यो कुल संख्याको करिब ५ प्रतिशत हो । चितवनमा हाल १२० बाघ रहेको अनुमान छ ।
बाघको तस्वीर र पाइलालाई क्यामेरा ट्रयापमा परेका बाघसँग दाँजेर अध्ययन गरिएको थियो । “तिनीहरुको मुभमेन्ट, पाइला, उद्धार गर्ने क्रममा हेरेर तथा विभिन्न विधि अपनाई अनुसन्धान गरिएको हो”– लामिछाने भन्नुहुन्छ ।
आनीबानी, उमेर समूह, कुन समयमा आक्रमण गर्छ, क्षेत्र कस्तो छ लगायतका विषयमा अध्ययन गरिएको थियो । सार्वजनिक तथ्याँकअनुसार २२ मध्ये १७ वटा बाघले भने पकड क्षेत्र बनाउन नसक्दा आफ्नो ठाउँ खोज्ने क्रममा आक्रमण गरेको पाइएको छ ।
अरु पाँचमध्ये आफ्नो पकड क्षेत्र भएर पनि समस्याग्रस्त बनेका बाघ तीन वटामात्रै छ भने समस्याग्रस्त रहेका दुई वटाको अवस्था पत्ता लगाउन सकिएको छैन । बाघले २० देखि ४० किलोमिटर क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ । यसमा तीनदेखि पाँच वर्षका बाघ नौ वटा छन् भने १४÷ १५ वर्षका बाघ चार वटा छन् । अरु बाँकी बाघ छ वर्षदेखि १३ वर्षबीचका रहेको जनाइएको छ । सामान्यतः बाघको आयु १५÷१६ वर्ष हुन्छ । बढी मानवीय चापले नै उनीहरुलाई समस्यामा पारेको छ । उनीहरु सानो खुम्चिएको स्थानमा बस्नुपरेको छ । आफ्नो क्षेत्र (टेरीटोरी) खोज्न जानेक्रममा बस्तीमा आइपुग्दा यस्ता घटना हुने गरेका छन् । नियतवश बस्तीमा भने नआएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख तथा बाघ विज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ ।
उहाँका अनुसार लजालु स्वभाव हुने गरेकाले बाघ हम्मेसी मानवीय बस्तीमा आउँदैनन् । “उसको संरक्षणका लागि जैविक मार्गको संरक्षण गर्नुपर्छ, आहारा प्रजाति बढाउनुपर्छ, अनि बासस्थान विस्तार गर्नुपर्छ”– डा पोखरेल भन्नुहुन्छ ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बस्तीमा निस्किएका र मान्छे माथि आक्रमण गर्ने बाघलगायत जनावरलाई नियन्त्रणमा लिने गरिएको र घाइते भए उपचारपछि निकुञ्जमै छाड्ने गरिएको बताउनुहुन्छ । मान्छे खानेलाई भने छाड्ने गरिएको छैन । यसरी बस्तीमा परेका जनावर पुनः जंगलमै पुनःस्थापना गर्ने कामसमेत सफल भएका उदाहरण रहेको अनुसन्धानकर्मीहरु बताउँछन् । रासस