खेलकुदमा रहेका समाचारहरु

आठौं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटमा एपीएफ र आर्मी पोल विजेता

कोहलपुर । आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत जारी पुरुष क्रिकेट प्रतियोगिताको पुल चरणका सबै खेलहरु सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेश र ३ विभागिय टोली प्रतियोगितामा सहभागी भएका थिए । बाँकेको कोहलपुर र भैरहवामा संचालन गरिएको प्रतियोगितामा एपीएफ र त्रिभुवन आर्मी क्लब पोल विजेता भएका छन् । कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न लिग चरणको खेलमा त्रिभुवन आर्मी क्लव पोल विजेता भएको हो भने प्रदेश १ उपविजेता भएको छ । त्यसैगरी पोल...

आठौँ राष्ट्रिय खेलकुद :ह्यान्डबल- सेमिफाइनल समीकरण पूरा

नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुष र महिला दुवैमा सेमिफाइनल समिकरण पूरा भएको छ । पुरुषमा एपीएफको भेट अर्को विभागिय टोली आर्मीसंग हुनेछ भने प्रदेश ३ ले प्रदेश १ को सामना गर्नेछ । महिलाको सेमिफाइनल प्रदेश १ र आर्मी तथा एपीएफ र प्रदेश ३ बीच हुनेछ । पुरुषको समूह चरणको खेलमा एपीएफले प्रदेश २ लाई ३३–९, प्रदेश ३ ले प्रदेश १ लाई २३–२०, गण्डकीले प्रदेश ५ लाई ४२–१२...

आठौं राष्ट्रिय खेलकुद: आइटिएफ तेक्वान्दोमा सवैभन्दा वढि स्वर्ण आर्मीलाई

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत आइटिएफ तेक्वान्दोमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत आइतबारसम्म भएका खेलमा आर्मीले ७ स्वर्णका साथ अग्रता कायम गरेको हो । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले ३ स्वर्ण प्राप्त गरेको छ । यसैविच, आइतबार भएको खेलमा ५१ देखी ५५ किलो तौल समुहमा प्रदेश ३ का अनिल तामाङ विजयी भएका छन् । त्यस्तै, महिलातर्फ ४०...

आठौं राष्ट्रिय खेलकुद :आर्चरीमा आर्मीकी ज्ञानु र आर्चरी क्लबका अशिमलाई स्वर्ण

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद  अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् ।नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए । महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आले मगर तेश्रो भइन्। पुरुष...

आठौं राष्ट्रिय खेलकुद: आर्मी ५५ स्वर्णसहित अगाडी

नेपालगञ्ज । आर्मीको बर्चश्व आइतबार सम्म पनि कायमै रहेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा त्रिभुवन आर्मी क्लब शिर्ष स्थानमा कायमै रहेको छ । १३९ स्वर्ण, १३८ रजत र २२५ कास्य पदकको छिनोफानो हुँदा त्रिभुवन आर्मीको बर्चश्व कायमै छ । आर्मी ५५ स्वर्ण, ३९ रजत र ३५ कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ ।   सशस्त्र प्रहरीको एपिएफ क्लब २५ स्वर्ण, २२ रजत र ३१ कास्य पदक प्राप्त गरी दोश्रोमा...

आठौँ राष्ट्रिय खेलकुद: क्रिकेटमा आर्मीका सहाव आलमको नयाँ किर्तिमान

कोहलपुर  । आठौँ राष्ट्रिय खेलकुद  प्रतियोगिता अन्तरगत कोहलपुरमा जारी पुरुष क्रिकेट प्रतियोगिताको चौथौं दिन आइतबार त्रिभुवन आर्मी क्लवका सहाव आलमले नयाँ रेकर्ड कायम गरेका छन् । प्रदेश ३ का विरुद्ध मैदानमा उत्रिएको त्रिभुवन आर्मी क्लवका बलर आलमले ४ ओभरमा २ रन खर्चिदै ६ विकेट लिए । यो प्रतियोगिता अन्तर्गत हालसम्मकै उत्कृष्ट वलिङ हो । आइतबार सम्पन्न पहिलो खेलमा टस हारेर मैदानमा उत्रिएको प्रदेश ३ निर्धारित ओभर अगावै अलआउट भयो ।...

महिला हेन्डबलमा प्रदेश ३ ले प्रदेश ५ लाई हरायो

नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतवार विहान भएको महिला हेन्डबल खेलमा प्रदेश १ र प्रदेश ३ विजयी भएका छन् । नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा भएको दोस्रो खेलमा प्रदेश १ ले प्रदेश ७ लाई ४–२४ गोल अन्तरले पराजित ग¥यो । त्यस्तै आइतवार विहान भएको पहिलो खेलमा प्रदेश ३ ले रोमाञ्चक जित निकाल्यो । निकै प्रतिस्र्पधात्मक खेलमा प्रदेश ३ ले प्रदेश पाँचलाई ६–७ को झिनो गोल अन्तरले पन्छायो । ...

आठौँ राष्ट्रिय खेलकुद: पौडीमा आर्मीलाई तीन स्वर्ण

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा आइतवार भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लव तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले एक स्वर्ण हात पारेका छ । महिला ८ सय मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरि त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारे । उक्त विधामा नेपाल पुलिस क्वलका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् । त्यसैगरि, पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका...

ब्याडमिन्टनमा एपिएफका धामी र रशिलालाई स्वर्ण

दाङ ।  आठौं राष्ट्रिय खेलकुद  प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा भएको फाईनल ब्याडमिन्टन भिडन्तमा एपिएफका दिपेश धामी र रसिला महर्जनले स्वर्ण जितेका छन् । फाईनलमा दिपेशले रत्नजित तामाङलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे भने आर्मीकी १४ वर्षीया रशिला महर्जनले नङ्शल तामाङलाई १९–२१, २१–१४ र २४–२२ ले पराजित गरेकी हुन । यो संगै उनीहरुले नयाँ इतिहास रच्न सफल भएका छन् । यो संगै आर्मीका दिदीभाई रत्नजित तामाङ र नङ्शल तामाङको...

आइटिएफ तेक्वान्दोमा प्रदेश ५ ले खाता खोल्यो

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लवले सर्वाधिक स्वर्ण जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्तर्गत शनिवारसम्म भएका सींगल प्याटर्नका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता स्थानमा छ । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ । शनिवार भएको ४६ देखि ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्याङ्गीले आर्मीका पूर्ण घर्तिलाई हराउँदै प्रदेश...