आठौं राष्ट्रिय खेलकुद: आर्मी ५५ स्वर्णसहित अगाडी
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार १५:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । आर्मीको बर्चश्व आइतबार सम्म पनि कायमै रहेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा त्रिभुवन आर्मी क्लब शिर्ष स्थानमा कायमै रहेको छ । १३९ स्वर्ण, १३८ रजत र २२५ कास्य पदकको छिनोफानो हुँदा त्रिभुवन आर्मीको बर्चश्व कायमै छ ।
Advertisement
आर्मी ५५ स्वर्ण, ३९ रजत र ३५ कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ । सशस्त्र प्रहरीको एपिएफ क्लब २५ स्वर्ण, २२ रजत र ३१ कास्य पदक प्राप्त गरी दोश्रोमा र २४ स्वर्ण, २३ कास्य र २३ रजत जित्दै नेपाल पुलिस तेस्रो स्थानमा छ।तेस्रो स्थानमा छ । प्रदेश तर्फ भने ९ स्वर्ण, १६ रजत र ३४ कास्य सहित प्रदेश नम्बर ३ को अग्रता कायमै छ । सुदुरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १५ कास्य हात पारेको छ भने गण्डकी प्रदेशले ६ स्वर्ण, ९ रजत र २३ कास्य जितेको छ ।
प्रदेश नम्बर २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्य जित्दा प्रदेश ५ ले ४ स्वर्ण, १२ रजत र २५ कास्य पदक हात पार्न सफल भएको छ । प्रदेश १ ले भने ३ स्वर्ण, ९ रजत र ३१ कास्य पदक जितेको छ । प्रदेशहरुमा सबैभन्दा पुछारमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्य पदक मात्रै हात पारेको छ भने गैर आवासीय नेपाली टोलीले पनि १ स्वर्ण र ३ कास्य मात्रै जितेको छ ।
३ विभागीय टोलीसहित, ७ वटै प्रदेश र गैर आवासीय नेपालीको टिम सहभागी प्रतियोगितामा कुल ३७२ स्वर्ण, ३७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिष्पर्धा भइरहेको छ ।