खेलकुदमा रहेका समाचारहरु
नेपालगञ्ज। पौडी खेल नेपालगञ्जको एक होटलमा हुुुन लागेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका पौडी पोखरीको काम नसकिँदा पौडीका सम्पुर्ण स्पर्धाहरु होटलको स्वीमिङ पुलमा हुने भएका छन् । नेपालगञ्जको रंगशाला परिसरमा निर्माणाधिन आठौं खेलकुदका लागि निर्माण गर्न लागिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो । भनेको समयमा पोखरीको काम नसकिँदा पौडीको स्पर्धा नेपालगञ्जको सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा प्रतिस्पर्धा गर्न लागेकोे आयोजक राष्ट्रिय...
दाङ ।आठौं राष्ट्रिय खेलकुदमा सेनाको दबदबा कायम रहेको छ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष १ सय १० मिटर हडल्समा सेनाले स्वर्ण जितेको छ । आईतबार बिहान भएको खेलमा सेनाका निर बहादुर चौधरीले स्वर्ण जितेका हुन् । उनले निर्धारित दुरी १५ दशमलव ५६ सेकेन्डमा पुरा गरे ।यस्तै पुलिसका चन्द्र देव जोशी दोस्रो भए । सेनाका अशोक कुँवर क्षेत्री तेस्रो भए । जोशीले १५ दशमलव ६७ सेकेन्डको समय लगाए। कुँवरले १६ दशमलव...
दाङ ।आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको वेलझुण्डीमा एथ्लेटिक्स अन्तर्गत शनिबार हाइजम्प, डिसकस थ्रो, २ सय मिटर दौड अन्तर्गतका महिला र पुरुषका इभेन्ट सकिएका छन्। शनिबार भएको हाइजम्प महिला तर्फको इभेन्टसमा एपीएफकी शिला चौधरीले १ मिटर ५० सेन्टिमिटर छलाङ मार्दै स्वर्ण पदक जित्न सफल भइन् । यसैगरी आर्मीकी खगिना सिञ्जालीले १ मिटर ४८ सेन्टि मिटरका साथ रजत पदक जित्दा प्रदेश पाँच की अनिता चौधरी र प्रदेश एक की विन्दु चौधरीले १...
दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा पुलिसले जित निकालेको छ ।शनिबार बिहान भएको खेलमा पुलिसले प्रदेश नम्बर ७ लाई ७–० गोल अन्तरले हरायो ।पुलिसको जितमा निरु थापा र निशा सुनुवारले ह्याट्रिक गरे । थप एक गोल रन्जिता गुरुङको नाममा रह्यो ।पुलिसले ३ खेलबाट ९ अंक बटुल्दै एक खेल अगावै सेमिफाईनल प्रवेश गरेेेको छ । दोस्रो स्थानको प्रदेश तीनले ६ अंक जोडेको छ । ...
नेपालगन्ज ।आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गरेको छ। त्य्स्तै महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए । पुरुष-महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन्...
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन विभागीय टिम आर्मीले तीन स्वर्ण जितेको छ । शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो । ४५ केजी महिला तौल समुहमा आर्मीकी रिता गुरुङले ९५ केजी भार ग्रहण गरिन् । स्न्याचमा ४५ केजी भार वहन गरेकी उनले क्लिन एण्ड जर्कमा ५० केजी तौल उठाउँदै स्वर्ण...
दाङ । दाङको बेलझुण्डीमा जारी आठौं राष्ट्रिय खेलकूद अन्तर्गत शुक्रबार एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । ज्याभ्लिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकाल लामगादेले कीर्तिमान कायम गरेकी छिन् । यसअघि विहीबार उनले सटपुटमा आफ्नै कीर्तिमान सुधार गरेकी थिइन् । शुक्रबार उनले ४४ दशमलब ०५ मिटरको नयाँ कीर्तिमान बनाउन सफल भइन् । यसअघि उनको ४३दशमलब ९४ मिटरको कीर्तिमान थियो । यसैगरी त्रिभुवन आर्मीकी लक्ष्मी थारुले ४१ दशमलब २६ मिटरका साथ रजत पदक जित्दा आर्मीकै...
काठमाडौं । पब्जी खेल प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी जारी भएको छ। सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक...
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सम्म नेपाली सेनानै अग्रपंक्तिमा रहेको छ। सेना आफ्नो बर्चस्व यथाबतनै राखेको छ। अहिलेसम्म सम्पन्न १४ खेलमा ९७ स्वर्ण, ९६ रजत र १७२ कास्य पदकको छिानोफानो हुँदा त्रिभुवन आर्मीले बर्चश्व कायम गरेको छ । आर्मी अहिलेसम्म ३१ स्वर्ण, २७ रजत र २० कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ । १८ स्वर्ण, १५ कास्य र १६ रजत जित्दै नेपाल पुलिस दोस्रो र सशस्त्र प्रहरी...
नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्ज रंगशालामा शुक्रवार विहान भएको पुरुष हेन्डबल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । विहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे। त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच–पाँच गोल गरे । त्यसैगरि, शुक्रवार विहान भएको अर्को खेलमा नेपाल आर्मी विजयी भएको...