आठौं राष्ट्रिय खेलकुद: आइटिएफ तेक्वान्दोमा सवैभन्दा वढि स्वर्ण आर्मीलाई
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार २१:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत आइटिएफ तेक्वान्दोमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत आइतबारसम्म भएका खेलमा आर्मीले ७ स्वर्णका साथ अग्रता कायम गरेको हो ।
Advertisement
त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले ३ स्वर्ण प्राप्त गरेको छ । यसैविच, आइतबार भएको खेलमा ५१ देखी ५५ किलो तौल समुहमा प्रदेश ३ का अनिल तामाङ विजयी भएका छन् । त्यस्तै, महिलातर्फ ४० देखी ४५ किलो तौल समुहमा प्रदेश ३ कि सोनी खड्का र ४५ देखी ५० किलो तौलमा प्रदेश ४ कि सुस्मीता थापा मगरले स्वर्ण प्राप्त गरेका छन् । आइतवार भएको कालोपेटि दोश्रो डानमा नेपाल आर्मीकी निस्मा वस्याल र ग्रुप प्याट्रन विधामा नेपाल आर्मीले स्वर्ण हात पारेको हो ।