पुरुष हेन्डबलमा आर्मी र गण्डकी प्रदेशको विजयी सुरुवात
प्रकाशित मिति : २०७६, ६ बैशाख शुक्रबार १२:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्ज रंगशालामा शुक्रवार विहान भएको पुरुष हेन्डबल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । विहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे। त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच–पाँच गोल गरे ।
त्यसैगरि, शुक्रवार विहान भएको अर्को खेलमा नेपाल आर्मी विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे ।
शुक्रवार बेलुका तीन वटा खेल हुने भएको छ । बेलुकी पहिलो खेल प्रदेश ५ का विरुद्ध प्रदेश २, एपिएफ विरुद्ध प्रदेश ३ र प्रदेश ५ विरुद्ध सुदूरपश्चिम प्रदेश वीच खेल हुने हेन्डबलका बरिष्ठ प्रशिक्षक जयन्त शर्माले जानकारी दिए ।
Advertisement