सूचना प्रविधिमा रहेका समाचारहरु

रेडियो नेपाल प्रादेशिक प्रसारणको तयारीमा जादै

काठमाडौँ । सङ्घीय प्रणालीमा मुलुकको रुपान्तरणसँगै रेडियो नेपालले प्रादेशिक प्रसारण आरम्भ गर्ने भएको छ । रेडियो नेपालको ६७औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशमा आधुनिक सुविधासहितको प्रसारण केन्द्र स्थापना गरी प्रादेशिक प्रसारण आरम्भ गर्न लागिएकोे जानकारी दिइएको हो । ती प्रसारण आउँदो आर्थिक वर्षमा सुरु हुने योजना छ । संस्थाको साङ्गठनिक ढाँचालाई संविधानबमोजिम प्रदेश संरचनामा लान सङ्गठन तथा व्यवस्थापन अध्ययन भइसकेको र प्रादेशिक प्रसारणबारे सरोकारवाला र श्रोतासँग...

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना

म्याग्दी । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका चालिस बर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको...

चुनावमा मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्ने

नेपालगन्ज । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि आचार संहिता कार्यान्वयनमा आइसकेको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र टि्वटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्न सक्छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्न सक्छ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई त्यस्तो कार्य रोक्ने आदेश दिने छ । तर,...

बाँकेमा बढ्दो साईबर अपराध

नेपालगंज:आजभोलीको समय सूचना र प्रविधिको समय हो । प्रत्येक व्यक्ति यसको यसको भरपूर उपयोग गर्न अग्रसर भइसकेका छन् । राजधानी काठमाडौदेखि मध्यपश्चिमका दुरदराजमा पनि सूचना प्रविधिलाई सहजै जोडिएको छ । अहिलेको सामाजिक अवस्थामा आफूलाई स्थापित गर्न सूचना र प्रविधिलाई अँगाल्नुपर्ने बाध्यकारी या अत्यावश्यक अवस्था छ भन्दा दुईमत नहोला । तर सञ्चार प्रविधिको सहि प्रयोग भन्दा पनि पछिल्लो समय गलत प्रयोग बढी हुन थालेको पाईन्छ । यतिबेला समाजमा सूचना र...

घरको सवैतिर वाइफाई नटिपेर हैरान हुनुन्छ ? यस्तो उपाय अपनाउनुस्

नेपालगन्ज,२१ फागुन । घरमा इन्टरनेट जोडेपनि घरको सबै कोठामा वाइफाइ नपुगेर चिन्तित हुनुहुन्छ ? त्यस्तो चिन्ताले सताएको छ भने अव मुक्त हुनुहोस् । किनकी वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ । घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको डेड स्पट या सिग्नल नभएको ठाउँको समस्या समाधानका लागि प्रयोग गर्न सकिन्छ । यसका लागि वाईफाई सिग्नल एक्सटेन्डरबाट पनि काम गर्न सकिन्छ । तर उनीहरु राउटरबाट आएको सिग्नललाई...

इन्टरनेट प्रयोग कर्तालाई वल्र्ड लिंकको नयाँ अफर

नेपालगन्ज,१९ फागुन । वल्र्डलिंक कम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराएको छ । ग्राहकले वल्र्डलिंकमा एक कल फोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्ने छन् । वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने छन् । वल्र्डलिंक आफ्नै हो नाम दिइएको प्रबर्धन योजनामा ग्राहकले वल्र्डलिंक फाइबर जडानमा सतप्रतिशतसम्म छुट र तीन महिनासम्म आइपिटिभी निशुल्क पाउने छन् । आइपी टिभी...

फेसबुकको माध्यमबाट ठगी गर्ने दुई पक्राउ

चितवन, १९ फागुन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताउनुभयो । उहाँलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ...

विश्वकै पहिलो ‘फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि’ सार्वजनिक

नेपालगन्ज,१८ फागुन । मोबाइल फोटोग्राफीमा अग्रणी ओप्पोले ‘फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि’ सार्वजनिक गरेको छ।मोबाइल वर्ल्ड कंग्रेस २०१७को अवसरमा कम्पनीले यो प्रविधि सार्वजनिक गरेको हो। कम्पनीले प्रदर्शित गरेको यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो हो ।यो प्रविधिले स्मार्टफोनमा पाँच गुणा ‘लसलेस’ जुम क्षमता उपलब्ध गराउँने कम्पनीको दाबी छ । बजारमा उपलब्ध २ गुणा जुम फन्शन उपलब्ध गराउने स्मार्टफोनका लागि यो चुनौतीपूर्ण हुने कम्पनीको दाबी छ। नयाँ प्रविधि...

रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प

काठमाडौं,१६ फागुन । २०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको छ । यो गोरखा भूकम्पको पराकम्प भएको र अहिलेसम्म ४७८ वटा पराकम्प अमापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्पमात्र केन्द्रले मापन गर्छ । ...

फोटो पत्रकार समूहले पत्रकारलाई सम्मान गर्ने

काठमाडौँ, १५ फागुन । राष्ट्रिय फोटो पत्रकार समूहले आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा विभिन्न १३ विधामा फोटो पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । समूहले  आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७३ बाट एकजना फोटो पत्रकारलाई सम्मान गरिनेछ । नेपालकै पहिलो र गौरवसाली इतिहास बोकेको फोटो कन्सर्नका संस्थापक डम्बरबहादुर थापाको स्मृतिमा एकजना फोटो पत्रकारलाई प्रदान गरिने सो पुरस्कारको राशि रु ५० हजार, ट्रफी...