सूचना प्रविधिमा रहेका समाचारहरु

टेलिकमका कर्मचारीलार्इ सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध, फेसबुक र ट्विटर चलाउन रोक

नेपालगन्ज । नेपाल टेलिकमले कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ। कर्मचारीले कार्यालय समयमा  सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, इन्टाग्राम चलाएर सेवाग्राहीप्रति वेवास्ता गर्ने प्रवृति बढेपछि टेलिकमले यो कदम चालेको हो।सोमवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले कर्मचारीको कार्यक्षमतामा ह्रास आएपछि सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको बतार्इन्। वैशाख १ देखिनै सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लागेको हो। राजभण्डारीले आगामी आर्थिक बर्षमा चौथो पुस्ताको फोरजी इन्टरनेट सेवालाई तीब्र विस्तार गर्ने बताउँदै...

सामसङका ग्यालेक्सी ८ र ८ एस नेपालमा आयो, मूल्य कति ?

नेपालगञ्ज । सामसङको स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा लञ्च गरिएको छ । सामसङ इन्डियाले आज राजधानी काठमाडौंमा आयोजना गरेको एउटा कार्यक्रमका बीचमा सो फोन लञ्च भएको हो । अहिले लञ्च भएपनि यो फोन नेपाली बजारमा २२ वैशाख पछि पाइने छ । तर बुक चाहिँ अहिलेदेखिनै गर्न पाइने कम्पनीले जनाएको छ । नेपाली बजारमा एस ८ को मूल्य ८८ हजार नौ सय रुपैयाँ र एस ८ प्लसको ९९...

सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा

कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो । ग्राहकले बेवसाइटमा नाम रजिस्ट्रर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्नसक्ने अनलाइन सपिङ सेवाका संस्थापक सन्तोष खत्रीले बताउनुभयो । “ग्राहकको समय र पैसा दुवै बचाउने उद्देश्यका साथ अनलाइनमार्फत घरमै बसेर सामान किन्न सकिने र किनिसकेको सामान ग्राहकको हातमा पुगेपछि मात्र पैसा तिर्नुपर्ने...

सरकारी सञ्चार माध्यमलाई सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्ने:अध्यक्ष विष्ट

काठमाडौँ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई जनताप्रति उत्तरदायी हुनेगरी सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । महासङ्घको रेडियो नेपाल शाखाको नबौ अधिवेशनको आज सिंहदरबारमा उद्घाटन गर्दै उहाँले भन्नुभयो–“रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा लैजानुपर्छ ।” सरकारी स्वामित्वका सञ्चारमाध्यम कुनै मन्त्रालयको मातहत रहने र व्यवस्थापनमा राजनीतिक नियुक्तिको परम्परा कायम रहेसम्म स्वतन्त्र पत्रकारिता गर्न कठिन हुने उहाँको भनाइ थियो । रेडियो नेपालका कार्यकारी निर्देशक...

नयाँ बर्षका दिन देखि नेपाल टेलिभिजन कोहलपुर प्रसारण नियमित सुचारु

बाँके। नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रीय नियमित प्रसारण आजबाट पुनः सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रसारणको शुभारम्भ गर्नुभयोे । सुभारम्म कार्यक्रममा बोल्दै मध्य तथा शुदुरपश्चिमलाइ केन्द्रसम्म जोडनका लागि सरकारी क्षेत्रको टेलिभिजन भएकोले यसले यहाँका स्थानिय भाषा ,कला देखी लिएर विकास निर्माणका काममा टेलिभिजनले प्रशारण गर्ने बताउनुभयो ।मन्त्रि कार्कीले यस क्षेत्रका स्थानिय नागरिकको राज्यसंगको पहुँचका लागि पनि सञ्चार क्षेत्र विकास गर्नुपर्ने आश्वयकता औल्याउनुभयो...

भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना हुदै

काठमाडौँ :नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र जापान सरकारले आठ केन्द्र बनाउन सहयोग...

पर्वतमा पहिलो व्यावसायिक एफएम सञ्चालनमा

पर्वत । पर्वत जिल्लामा पहिलोपटक व्यावसायिक एफएम रेडियो सञ्चालनमा आएको छ । चारवटा सामुदायिक रेडियो सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय व्यावसायिक एफएम सञ्चालनमा आएको हो । पर्वत मिडिया हाउस प्रालिले पञ्चासे एफएम १०२ दशमलव ८ मेगाहर्जको एफएम सञ्चालन गरेको जनाएको छ । सानो जिल्लामा सञ्चारमाध्यमको सङ्ख्या अत्यधिक बढेको भन्ने गुनासो आइरहेका बेला निजी क्षेत्रका उद्योगी, व्यवसायी र सञ्चारकर्मीसमेतको सहभागितामा एफएम सञ्चालन गरिएको पर्वत मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक गणेश पौडेलले...

स्मार्ट प्रविधिको ड्राइभिङ लाइसेन्समा देखिएका केही गम्भिर त्रुटिहरु सच्चिए

रबिन्द्र घिमिरे,काठमाडौं । सरकारले स्मार्ट प्रविधिको ड्राइभिङ लाइसेन्समा देखिएका केही गम्भिर त्रुटिहरुलाई सच्याएको छ । तर केही त्रुटि भने अझै नसच्चिएको पाइएको छ । काठमाडौंबाट १ लाख ६० हजार लाइसेन्स जारी गरेपछि यातायात ब्यवस्था विभागले बल्ल केही गम्भिर त्रुटि हटाएको छ ।२०७२ को मंसिरबाट वितरण थालिएको स्मार्ट सवारी चालक अनुमतिपत्रमा यातायात ब्यवस्था विभागको लापरवाहीमा कारण निकै गम्भिर प्रकारका गल्तिहरु भेटिएका थिए । दोस्रो चरणमा थप लाइसेन्स छाप्दा त्रुटिहरु सच्याएको विभागका प्रवक्ता...

पत्रकार महासङ्घ काठमाडौँ शाखामा एक महिनादेखि लगाइएको ताला आज देखि खुला

काठमाडौँ। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा एक महिनादेखि लगाइएको ताला आज खुलेको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी आज ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले जानकारी गराउनुभयो । “सदस्य वितरण र स्तानान्तरणसम्बन्धी कुरामा चित्त नबुझेर केही सङ्गठनले ताला लगाएका थिए”– उहाँले भन्नुभयो, “हामीले उहाँहरुको मागलाई सम्बोधन गर्नेगरी पहल गर्ने सहमति गरेपछि ताला खुलाइएको हो ।” फागुन २४ गते प्रेस चौतारी नेपाल, प्रेस...

धौलागिरिमा ‘थ्रिजी’ सेवा थप विस्तार

बागलुङ । धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पु¥याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ ठाउँबाट ‘थ्रिजी’ सेवा चल्नेछ । यसअघि यहाँ जम्मा नौ स्थानमा ‘थ्रिजी’ सेवा...