सूचना प्रविधिमा रहेका समाचारहरु

अनलाइन पत्रकारमा सत्याल विजयी

काठमाडौँ, १४ फागुन । अनलाइन पत्रकार सङ्घका अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी हुनु भएको छ । केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत...

सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने – सञ्चार सचिव

पोखरा, ५ फागुन । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पोको उद्घाटन गर्दै उनले सर्वसाधारण नेपाली जनतामा सूचनाको पहुँच पुर्‍याउन सूचना तथा प्रविधिको क्षेत्रमा धेरै काम सुरु गरिएको जानकारी...

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

पोखरा, ३ फागुन । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पु¥याउने रहेको एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिनुभयो । मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी,...

युवा वैज्ञानिक प्रदर्शनी सम्पन्न

काठमाडौँ, २९ माघ । विद्यार्थीको उत्सुकतालाई मेटाउने उद्देश्यले आयोजना गरिएको छैटौँ अन्तरविद्यालय युवा वैज्ञानिक मेला  आज सम्पन्न भएको छ । काठमाडौँको यूरेका माध्यमिक विद्यालयले आयोजना गरेको सो मेलामा करिब एक दर्जन विद्यालयका २५ वटा आविष्कार प्रदर्शनी गरिएको थियो । राजन मेमोरीयल इन्टरनेशनल स्कूल बालाजुले प्रदर्शनी गरेको ‘भविष्यको नेपाल’ आविष्कार प्रथम, ब्रेनल्याण्ड स्कूल कपनको आविष्कार ‘आवाजबाट नियन्त्रीत् रोबोट’ द्वितिय तथा आयोजक यूरेका माध्यमिक विद्यालयको आविष्कार ‘स्वचालित तरकारी काट्ने मेसिन’ले तेस्रो स्थान...

इन्टरनेट विस्तार योजना अलपत्र

म्याग्दी, २८ माघ । नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र परेको छ। सरोकारवालाले पहल गर्न नसकेको र लगानीको स्रोत समेत जुट्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको हो । सूचना प्रविधिमा नमुना जिल्ला बनाउने उद्देश्यले जिल्ला विकास समितिले तीन वर्षअघि म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अघि सारेको थियो। आर्थिक स्रोतको व्यवस्था नहुँदा योजना कार्यान्वयन हुन नसकेको स्थानीय विकास अघिकारी प्रेमराज गिरीले बताए  ।...

निर्वाचनमा विद्युतीय मतदानवारे आयोगद्वारा प्रधानमन्त्रीसँग छलफल

नेपालगन्ज,२५ माघ । आगामी निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्नेवारे निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको छ । निर्वाचन आयोगको कार्यालयमा जारी छलफलमा आगामी निर्वाचनमा केही क्षेत्रमा विद्युतीय मतदान प्रयोग वारे छलफल भइरहेको छ । २०६४ सालको निर्वाचनमा काठमाडौंको क्षेत्र नं १ तथा संविधानसभाको उपनिर्वाचनमा केही क्षेत्रमा विद्युतीय मतदान भएको थियो । ...

ह्वाट्सएपमार्फत झुक्किएर अन्जान व्यक्तिलाई सन्देश पठाउनुभयो ? नआत्तिनुस्

ह्वाट्सएपमार्फत कसैलाई फोटो एवं भिडियो पठाउन चाहनुहुन्छ र हतारमा झुक्किएर कुनै अन्जान व्यक्ति वा समूहलाई पठाउनुभयो भने नआत्तिनुस्, अझै यसलाई रोक्न सक्नुहुन्छ । तर, तपाईंले यसविरुद्ध तत्काल कदम चाल्नुपर्ने हुन्छ । यदि तपाईं यो समस्याबाट बच्न चाहनुहुन्छ भने तत्काल इन्टरनेट कनेक्सन बन्द गर्नुहोस् । यसको अर्थ फोनले उक्त फाइल पठाउनुअगाडि नै इन्टरनेट बन्द होस् । तस्बिर, भिडियो र अडियो फाइल  जति ठूलो भयो, फाइल पठाउन त्यति नै बढी समय लिन्छ । सबैभन्दा...

ल्यापटप र डेस्कटपभन्दा तेज कम्प्युटर आउँदै

वैज्ञानिकहरुले एक विशाल क्वान्टम कम्प्युटर तयार गर्नका लागि ब्लुप्रिन्ट तयार गरेका छन् । यसले कम्प्युटिंगको दुनियामा क्रान्ति ल्याउने विश्वास गरिएको छ । विद्यमान क्वान्टम कम्प्युटरहरुको तुलनामा उक्त लार्ज स्केल क्वान्टम कम्प्युटरको क्षमता निकै विशाल हुनेछ । वैज्ञानिकहरुका अनुसार शक्तिशाली मेसिन निर्माण गर्नमा भोगिरहेको समस्या उनीहरुले समाधान गर्न सफल भएका छन् । पछिल्लोपटक डिजाइन गरिएको क्वान्टम कम्प्युटर यति सुक्ष्म स्तरमा काम गर्नसक्छ की त्यहाँ एउटा परमाणु नै एकै समयमा दुई ठाउँमा रहन...

शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने

 काठमाडौं,२१ माघ । नेपाल टेलिकमले माघको भोलि शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई  मात्र यो सेवा उपलब्ध हुनेछ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ...

किसानले मौसम सूचना जानकारी अब मोबाइल बाट

पाल्पा, २० माघ । किसानले मौसम सम्बन्धी सूचना मोबाइलमा पाउने भएका छन् । कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत परियोजना सुरु भएपछि उनीहरुले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका हुन् । परियोजनाले जिल्लामा ४३ वटा मोबाइल सेट र २०० सिमकार्ड वितरण गरेपछि किसानले घरमै मौसमसम्बन्धी जानकारी पाउन सक्नेछन् । मौसमसम्बन्धी जानकारी लिन किसानलाई सहज हुन थालेसँगै प्राकृतिक प्रकोपका कारण अन्नबाली क्षति...