ह्वाट्सएपमार्फत झुक्किएर अन्जान व्यक्तिलाई सन्देश पठाउनुभयो ? नआत्तिनुस्
प्रकाशित मिति : २०७३, २४ माघ सोमबार २१:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
ह्वाट्सएपमार्फत कसैलाई फोटो एवं भिडियो पठाउन चाहनुहुन्छ र हतारमा झुक्किएर कुनै अन्जान व्यक्ति वा समूहलाई पठाउनुभयो भने नआत्तिनुस्, अझै यसलाई रोक्न सक्नुहुन्छ । तर, तपाईंले यसविरुद्ध तत्काल कदम चाल्नुपर्ने हुन्छ ।
यदि तपाईं यो समस्याबाट बच्न चाहनुहुन्छ भने तत्काल इन्टरनेट कनेक्सन बन्द गर्नुहोस् । यसको अर्थ फोनले उक्त फाइल पठाउनुअगाडि नै इन्टरनेट बन्द होस् ।
तस्बिर, भिडियो र अडियो फाइल जति ठूलो भयो, फाइल पठाउन त्यति नै बढी समय लिन्छ ।
सबैभन्दा पहिला इन्टरनेट कनेक्सन बन्द गनुपर्छ । यदि तपाईंसँग आइफोन छ भने फोन तुरुन्त एयरप्लेन मोडमा परिवर्तन गर्नुहोस् ।
मोबाइल डेटा वा वाईफाई अप्सन बन्द गरिदिनुस् । यसले ह्वाट्सएपमार्फत फाइल अपलोड गर्ने प्रक्रिया बन्द गर्छ ।
यसपछि ह्वाट्सएप सन्देशमा पुनः जानुहोस् । यसमा फोटो, भिडियो र फाइल नगएको हुन सक्छ र तस्बिरसँग एक रातो विष्मयादी बोधक संकेत देखिन्छ ।
यदि तपाईंको फोन एन्ड्रोइड हो भने तपाईंको फोटो र भिडियो आउटअफ फोकसमा देखिन्छ ।
यसपछि तपाईं सन्देश डिलिट गर्न पनि सक्नुहुन्छ । तर, एउटा कुरालाई ध्यानमा राख्नुपर्नेछ किनभने एपले तपाईंसँग फाइल डिलिट गर्ने वा नगर्ने भनेर सोध्नेछ ।
यदि डिलिट गर्न चाहनुहुन्छ भने उक्त अप्सन अनचेक गनुपर्छ । त्यसपछि तपाईं मोबाइल डाटा वा वाईफाई कनेक्सन अन गर्न सक्नुहुन्छ ।
Advertisement