समुन्द्रभित्रको अप्टिकल फाइबर विग्रिँदा नेपालको इन्टरनेट ‘स्लो’
प्रकाशित मिति : २०७३, १८ माघ मंगलवार १४:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वर्ल्डलिंक र सुविसु केवलनेटमा पनि केहि समस्या आएको थियो । तर वैकल्पिक सेवा भएका कारण तल्लो तहसम्म असर नदेखिएको कम्पनीको दाबी छ।
भारतबाट आएको फाइबरमा समस्या हुँदा नेपाल टेलिकमको इन्टरनेटमा समेत प्रभावित भएको थियो।टेलिकमका प्रवक्ता सहप्रवक्ता शोभन अधिकारीका अनुसार सोमबार एक घण्टा इन्टरनेटमा समस्या आएको थियो।
टेलिकमले तत्कालै वैकल्पिक बाटोमार्फत भारतीय कम्पनीसँग कुरा गरेर इन्टरनेट सुचारु गरेको अधिकारीले बताए।हाल नेपालमा १४ वटा कम्पनीले नेटवर्क सर्भिसको काम गरेका छन् जसमध्ये नेपाल टेलिकमले एक्लै ल्याएर बेच्ने गर्छ। नेपालमा इन्टरनेट ब्रोडव्याण्ड सेवा प्रदायक कम्पनी भारतर्फमात्र निर्भर हुँदा समस्या आउने गरेको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।
नेपाल टेलिकमले भारतवाटमात्र इन्टरनेटको व्याण्डविथ ल्याउँदा समस्या परेको भन्दै चीनबाट ल्याउन लागिएको इन्टरनेट ल्याउन अझै केही महिना लाग्ने भएको छ।
Advertisement
इन्टरनेट ल्याउन नेपाल र चीनको सीमा केरुङसम्म अप्टिकल फाइबर विस्तारको काम सकिइसकेको छ।फाइबरको परीक्षण समेत भइसकेको छ। सहप्रवक्ता अधिकारीका अनुसार जनवरीदेखि नै चीनवाट इन्टरनेट ल्याइसक्ने योजना भएपनि चीनतर्फ अप्टिकल फाइबर टुटेकाले समस्या भएको हो। चिनियाँ पक्षले छिट्टो मर्मत गरेर इन्टरनेट दिने जानकारी टेलिकमलार्इ दिएको उनले बताए।
उनका अनुसार फाइबर बिच्छेद भएको स्थानमा हिमपात भएकोले मर्मतमा समस्या भएको छ। अधिकारीले एक महिनामा मर्मत सकेर चीनको इन्टरनेट नेपाल आउने अपेक्षा रहेको बताए।