सूचना प्रविधिमा रहेका समाचारहरु
यती एयरलाइन्सले आफ्नो विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा निषेध गरेको छ । पछिल्लो समय ग्यालेक्सी नोट ७ को ब्याट्रीमा समस्या देखिएको छ । र, विभिन्न देशमा ब्याट्री पडि्कएको घटना सार्वजनिक भएको छ । सामसुङले पनि कमजोरी स्वीकार गर्दै बजारमा गइसकेको यो फिर्ता लिने घोषणा गरिसकेको छ । यती एयरलाइन्सले सूचना जारी गरी विमानमा यात्रा यर्दा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोग नगर्न भनेको छ । साथै फ्लाइट मोडमा राख्न समेत पाइनेछैन । यात्रुसँग...
नेपालीको महान् चाड विजयादशमीका अवसरमा आकर्षक छुट र यथेष्ट सुविधा सहितको सामसुङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइल एक्स्पोको आज उद्घाटन गर्दै आफूले सञ्चारमन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घरघरमा इन्टरनेटकोे विशेष कार्ययोजनाअनुसार नै नेपालमा सूचना प्रविधिको विकास भइरहेको बताउनुभयो । उहाँले आफ्नो सोही योजनामा नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको जानकारी दिँदै वर्तमान युगमा जनताको भावनालाई समेट्दै...
नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । कामिनी राजभण्डारी प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारी तीन जना प्रतिस्पर्धीमध्येबाट छानिएकी हुन् । सचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो । पोखरेल नेपाल टेलिकमकै प्रवन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक हुन् । टेलिकमको...
गुगलले आफ्नो च्याट एप एलो लञ्च गरेको छ । यो मेसेजिंग एपको सिधा मुकाबिला फेसबुकको इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपसँग हुनेछ । विश्वव्यापी रुपमा लञ्च गरिएको एलो एप्पलको आइओएस र एन्ड्रोइडमा उपलब्ध छ । गुगलले यहीँ वर्ष आफ्नो डेभलपर्स कन्फ्रेन्समा एलो एप ल्याउने घोषणा गरेको थियो । यो एपमा सर्च इन्जिन तथा गुगल असिस्टेन्ट समेत आबद्ध गरिएकेा छ । ह्वाट्सएपमा जस्तै यो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ...
अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले आफ्नो पाइन्टको गोजीमा राखेको सामसुङ ग्यालेक्सी नोट सेभेन स्मार्टफोन विस्फोट भएको छ । गोजीमा राखेको फोन पडि्कँदा जोनथन स्ट्रोबेल नामका पुरुष शरीरका विभिन्न ठाउँमा जलेर घाइते भएका छन् । ग्यालेक्सी नोट सेभेन विस्फोट भएर आफू घाइते भएसँगै जोनाथनले सामसुङ विरुद्ध मुद्दा दायर गरेका छन् । ग्यालेक्सी नोट सेभेनको ब्याट्रीमा समस्या रहेको भन्दै सामसुङले उत्पादन भएका झण्डै १० लाख स्मार्टफोन फिर्ता लिने घोषणा गर्दै उपभोक्तालाई ग्यालेक्सी नोट सेभेन...
भर्खरै नेपाल भित्रिएको ओप्पोले विशेष महत्वकासाथ एफ-१ एस स्मार्टफोनलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन विश्वमै सबैभन्दा बढी रुचाइएकोमध्ये अग्रस्थानमा पर्छ । विश्वमा सेल्फी रिभोलुसनका लागि ओप्पो ब्राण्ड सबैभन्दा अब्बल मानिन्छ । यसैमा आधारित भएर एफ-१ एस स्लिक मेटल बडी भएको स्मार्टफोन हो । यसको परफेक्ट डिजाइनले सबैलाई मोहित पार्न सक्छ भने हातमा सजिलै फिट हुने महत्वपूर्ण विशेषताले धेरैले मन पारएको कम्पनीको दावी छ । यसका केही खास विशेषताहरुले...