सेल्फी एक्स्पर्ट स्मार्टफोन ‘ओप्पो एफ-१ एस’ नेपालमा
प्रकाशित मिति : २०७३, ३० भाद्र बिहीबार २२:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भर्खरै नेपाल भित्रिएको ओप्पोले विशेष महत्वकासाथ एफ-१ एस स्मार्टफोनलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन विश्वमै सबैभन्दा बढी रुचाइएकोमध्ये अग्रस्थानमा पर्छ ।
Advertisement
विश्वमा सेल्फी रिभोलुसनका लागि ओप्पो ब्राण्ड सबैभन्दा अब्बल मानिन्छ । यसैमा आधारित भएर एफ-१ एस स्लिक मेटल बडी भएको स्मार्टफोन हो ।
यसको परफेक्ट डिजाइनले सबैलाई मोहित पार्न सक्छ भने हातमा सजिलै फिट हुने महत्वपूर्ण विशेषताले धेरैले मन पारएको कम्पनीको दावी छ । यसका केही खास विशेषताहरुले धेरैको ध्यान तानेको छ ।
सेल्फी एक्स्पर्ट फोन
यो सेल्फीका लागि विशेष फोन हो । त्यसैले कम्पनीले यसलाई ‘सेल्फी स्मार्टफोन’ का रुपमा प्रवर्द्धन गरेको छ । सोमबार नायक कर्मा र नायिका ऋचा शर्माले एफ-१ एसबाटै सेल्फी लिएर यसलाई सार्वजनिक गरेका थिए ।
कम्पनीका ब्राण्ड म्यानेजर माइकल लिले सेल्फीका लागि ओप्पोेका स्मार्टफोनहरु अरु भन्दा एक कदम अघि रहेको बताउँछन् । फ्रन्ट क्यमेरामै उत्कृष्ट मेगा पिक्सलसहित विभिन्न सुविधा प्रदान गरिएकाले एफ-१ एस अन्य भन्दा विशेष भएको उनको भनाइ छ ।
यसमा १६ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ । अहिलेसम्म कुनै कम्पनीले पनि फ्रन्ट क्यमेराका यति उत्कृष्ट मेगा पिक्सलको सुविधा नदिएको कम्पनीको दवी छ ।
यसको फ्रन्ट क्यामेरानै यसको मूल विशेषता भएको कम्पनीले जनाएको छ । यसमा १/२.३ इन्च सेन्सर र एफ/२.० अपर्चरको लेन्स छ । यसमा सेल्फीका लागि ब्युटीफाइ ४.० एप र सेल्फी प्यानेर जस्ता फिर्चसहरु राखिएका छन् ।
यसमा स्क्रीन फ्ल्यास फिचर पनि छ । यसैकारण सेल्फीका लागि यो फोन निकै अब्बल मानिन्छ । यसबाट पानोरोमा सेल्फी पनि लिन सकिन्छ । यसबाट खिचेका तस्वीरहरु निकै आर्कषक हुनासाथै सबैलाई मोहित पार्न सक्ने किसिमका हुन्छन् ।
फिंगर प्रिन्ट सेन्सर
यो स्मार्टफोनको होम बटनमा फिंगर प्रिन्ट सेन्सर पनि जोडिएको छ । कम्पनीको दावी छ की, यो सेट ०.२२ सेकेण्डमै अनलक हुन्छ । कम्पनीले यसबाहेक फिंगर पि्रन्ट सेन्सरमा आधारित सर्टकट फिचरहरु पनि दिएको छ । एफ-१ एसमा प्रोक्सिमीटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलोरेमिटर र डिजिटल कम्पासको फिचर्स पनि दिइएको छ ।
एफ-१ एस डुअल सिम (नानो सिम) स्मार्ट फोन हो । यो एन्ड्रोइड ५.१ लोलिपपमा आधारित भएर ओप्पोले निर्माण गरेको ‘कलर अपरेटिङ सिस्टम (ओएस) ३.०मा चल्छ । यसमा ५.५ इन्चका एचडी (७२०×१२८० पिक्सल) आइपीएस डिस्प्ले छ । यसमा आक्टाकोर मिडियाटेक एमटी ६७५० चिपसेट छ ।
उत्कृष्ट फिचर्स
गोरिल्ला ग्लास ४ को प्रोटेक्सन फिचर्स रहेको एफ वान एसमा ३ जिबीको र्याम छ । यसमा १३ मेगा पिक्सेलको रियर क्यामेरा छ ।
एफ-१ एसमा ३२ जिबीको इन्टरनल मेमोरी (रोम) छ । यसमा आवश्यक्ताअनुसार १२८ जिबिसम्मको माइक्रो एसडी कार्ड पनि प्रयोग गर्न सकिन्छ । यसमा फोर-जी एटिइ, वाइफाइ-८०२.११/बी/जी/एन, युएबी अटोजी, जीपीएस र ब्लुटुथ ४.० सामेल छ ।
यसमा ३०७५ एमएएचको ब्याट्री छ । उत्कृष्ट क्षमताका कारण यसको ब्याटि्र टिकाउ समेत हुन्छ । नेपाली बजारमा यसको मूल्य ३२ हजार ३ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।
कम मूल्यमै आकर्षक, सुविधायुक्त र किफायती फोन लिन चाहनेका लागि ओप्पोको एफवान-१ एस रोजाइमा पर्ने देखिएको छ ।
विश्वबजारमा स्मार्टफोनमा चौंथो स्थानमा रहेको ओप्पोले नेपालमा ल्याएको तीन फोनमध्ये प्रमुख मानिएको यो ह्याण्डसेटले राम्रो बजार लिनमा वितरक टेलिसेलका प्रवन्ध निर्देशक सुनिल कुमार विश्वस्त छन् । विशेषगरी सेल्फी र फोटोका पारखीले यसलाई महत्वका साथ लिने ओप्पोको अपेक्षा छ ।