गोजीमा पडि्कयो ग्यालेक्सी नोट सेभेन
प्रकाशित मिति : २०७३, ३ आश्विन सोमबार १४:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले आफ्नो पाइन्टको गोजीमा राखेको सामसुङ ग्यालेक्सी नोट सेभेन स्मार्टफोन विस्फोट भएको छ ।
Advertisement
गोजीमा राखेको फोन पडि्कँदा जोनथन स्ट्रोबेल नामका पुरुष शरीरका विभिन्न ठाउँमा जलेर घाइते भएका छन् । ग्यालेक्सी नोट सेभेन विस्फोट भएर आफू घाइते भएसँगै जोनाथनले सामसुङ विरुद्ध मुद्दा दायर गरेका छन् ।
ग्यालेक्सी नोट सेभेनको ब्याट्रीमा समस्या रहेको भन्दै सामसुङले उत्पादन भएका झण्डै १० लाख स्मार्टफोन फिर्ता लिने घोषणा गर्दै उपभोक्तालाई ग्यालेक्सी नोट सेभेन प्रयोग नगर्न अपिल गरेको अर्को दिन यस्तो घटना भएको बताइएको छ ।
ऋमेरिकी सुरक्षा नियामक संस्थाले अमेरिकाभर बाट अहिलेसम्म सामसुङ ग्यालेक्सी नोट सेभेनको ब्याट्री बढि तातेर विस्फोट भएको सम्बन्धी ९२ वटा उजुरी परेको जनाएको छ । जसमध्ये २६ जनाले स्मार्टफोन पडि्कँदा आफै घाइते भएको बताएका छन् भने ५५ जनाले विस्फोटका कारण आफ्नो धनमाल नोक्सान भएको उजुरी गरेका छन् ।
२८ वर्षीय जोनाथनका अनुसार सेप्टेम्बर ९ तारेखका दिन जब उनी पाम बीच गार्डेनको एक स्टोरमा थिए तब उनको पाइन्टको गोजीमा राखेको नोट सेभेन विस्फोट भयो । उनको दाहिने जाँघमा धेरै ठाउँ जलेर घाउ बन्यो । गोजीमा पडि्कएको फोन निकाल्न खोज्दा उनको हातका औँला पनि जलेका बताइएको छ ।
जोनाथनका वकिल केथ पियेरोका अनुसार फोनमा भएकेा विस्फोटका कारण जोनाथन केही बेर बेहोस भएका थिए ।
उनको शरीरमा गहिरो चोट लागेको छ । नोट सेभेनको विस्फोटबाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै उनले सामसुङ इलेक्ट्रोनिक्सको अमेरिका कार्यालय विरुद्ध शुक्रबार मुद्दा दायर गरेका छन् ।
नोट सेभेनको विषयलाई लिएर अमेरिकामा सामसुङ विरुद्ध परेको सम्भवतः यो पहिलो मुद्दा हो ।