सूचना प्रविधिमा रहेका समाचारहरु

आज राति १२ बजेदेखि NTC मोबाइल सेवा अवरूद्ध हुन सक्ने

काठमाडौँ, ३ मङ्सिर ।आज राति १२ बजेदेखि नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए सेवामा अवरोध आउनसक्ने टेलिकमले जनाएको छ। जीएसएम पोष्टपेड मोबाइल सेवालाई ‘कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टम’मा लान (सिफ्टिङ गर्न) नेपाल टेलिकमले प्राविधिक कामहरु गर्नुपर्ने भएकाले सेवा अवरूद्ध हुने बताएको हो। टेलिकमले यसअघि नै उक्त सेवामा समस्या आउन सक्ने भएकाले उपभोक्तामा पूर्वसूचनासमेत जारी गरेको छ। पोष्टपेड मोबाइलको भूक्तानी प्रणालीलाई परिमार्जन गर्न लागिएको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। ‘शुक्रबारको राति १२ बजेपछि...

स्मार्टफोनमा भाइरस संक्रमण कसरी रोक्ने ?

२७ कात्तिक । स्मार्टफोनमा हरहमेशा मालवेयर अथवा भाइरसको खतरा हुन्छ । भाइरसका कारण ह्याकरले तपाईंको सूचना सजिलै थाहा पाउन सक्छ । ट्रोजन भाइरस सबैभन्दा खतरनाक हुन्छ फोनको एउटा कुनामा चुपचाप लागेर बसिरहन्छ र सूचना पठाइरहन्छ । ट्रोजन भाइरसले तपाईंको सिस्टम वा जानकारीमाथि पहिले नै कब्जा गर्दछ र त्यसपछि स्मार्टफोन, ट्याबलेट वा कम्प्युटरबाट जानकारी बिस्तारै बिस्तारै उक्त कम्प्युटरसम्म लैजान्छ जसको लागि त्यसलाई प्रोग्रामिङ गरिएको हुन्छ । कयौंपटक पोर्न बेवसाइटबाट यस्तो ट्रोजन डिभाइसमा आउँछ...

टेलिकमले पायो फोरजी सञ्चालनको अनुमति

नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमलाई शुक्रबार बसेको प्राधिकरणको सञ्चालक बोर्डले अनुमति दिने भनी माइनुट उठाएको प्राधिकरणका प्रमुख दिगम्बर झाले  जानकारी दिए । प्राधिकरणको सञ्चालक समिति बोर्डले माइनुट गरेको फाइलमा हस्ताक्षर भने आज-भोलिमै हुने उनले बताए । झाका अनुसार टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेयन्सी ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु...

ग्यालेक्सी नोट सेभेनमात्र होइन, यी हुन् हिट कम्पनीका फ्लप प्रडक्ट्स

सार्वजनिक गरेको एक महिनामै सामसुङ कम्पनीले आफ्नो फ्लागसिप ग्यालेक्सी नोट सेभेनको उत्पादनमा पूर्ण विराम लगायो । नोट सेभेनमा आगो लाग्ने घटना साम्य नभएपछि सामसुङले यस्तो निर्णय गर्न बाध्य भएको हो । यद्यपि आफ्नो निकै आशा गरिएको तथा बहुप्रतिक्षित उत्पादनलाई बन्द गर्न बाध्य हुने कम्पनीमा सामसुङ एक्लो भने होइन । यसअघि पनि कैयन् ठूला ठूला कम्पनीहरुले आफ्ना प्रडक्टहरुका कारण लज्जा तथा घाटा भोग्नुपरेको छ र हठात् बन्द गर्नुपरेको छ । यी हुन्...

इन्टरनेट विस्तार गर्न रु पचास लाख

पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु पचास लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिनुभयो । मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका...

सामसुङ नोट ७ को उत्पादन बन्द

मर्मतपछि सुरक्षित भनी बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा समेत आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ । सोमबार एक चेतावनी जारी गर्दै सामसुङले नोट सेभेन प्रयोगकर्तालाई यस्तो आग्रह गरेको हो । उपभोक्ताको सुरक्षामै खतरा उत्पन्न गराएको नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गरेको एक दिनपछि नै सामसुङले यस्तो अपिल गरेको हो । एक विज्ञप्ती जारी गर्दै सामसुङले ग्यालेक्सी नोट सेभेनको...

पचहत्तरै जिल्लामा थ्रीजी सेवा

नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सञ्चालन आरम्भ गरेको हो । टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा विसं २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडाँै...

विज्ञान प्रविधिको प्रयोगले राष्ट्रलाई समृद्ध बनाउन सकिन्छः पूर्व अर्थमन्त्री महत

पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताएका छन्। हरिखेतान बहुमुखी क्याम्पसले यहाँ आज आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले भने – विज्ञान र प्रविधिको माध्यवाट कृषिमा यान्त्रिकीकरण र मुलुकमा औद्योगिकीकरण गरेर अघिबढेमा राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन। नेपाली काँग्रेसमन नेता समेत रहेका डा महतले विज्ञान र प्रविधिकै बलमा केही वर्षमै समृद्ध बनेका दर्जनौँ राष्ट्र...

सरकारले माग्यो टेलिकमसँग फोर-जी सञ्चालनको विस्तृत योजना

नेपाल दूरसञ्चार प्राधिकरणले फोर-जी सञ्चालनको लागि नेपाल टेलिकमसँग विस्तृत कार्ययोजना मागेको छ । प्र्राधिकरणले आइतबार फोर-जी सञ्चालन गर्दा कसरी, कुन अवस्थामा र सर्तसहित कहिलेबाट सञ्चालन गर्न टेलिकमले कस्तो तयारी गरेको छ ? भन्दै रोल आउट प्लानका लागि पत्राचार गरेको छ । Metal antenna symbol with letters 4G on white अब आफ्नो कार्ययोजना केही दिनभित्रै प्राधिकरणमा पेश गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले  बताइन् । यसका लागि अब टेलिकमले आन्तरिक छलफल गर्ने छ । टेलिकमले यसअघि...

साइबर सुरक्षासम्बन्धी अनुशिक्षण सम्पन्न

नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित साइबर सुरक्षासम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा साइबर सेक्युरिटी इन्टरनेसनल नेपालका प्रमुख डा रामहरि सुवेदीले साइबर सुरक्षाका विषयमा प्रस्तुतीकरण गर्दै सामाजिक सञ्जाल लगायत मोबाइल, कम्प्युटरमार्फत हुने साइबर अपराध र यसबाट सुरक्षित हुने उपायका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सङ्घका पदाधिकारी लगायत प्रहरी अधिकृत तथा जवानको सहभागिता रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ...