सूचना प्रविधिमा रहेका समाचारहरु

युट्युब च्यानल सञ्चालनमा युवा आकर्षण बढ्दो

  भीमदत्तनगर, १४ जेठ सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने÷देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेको छ । पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहर क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन । छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ‘खोज टिभी’ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उक्त च्यानलमार्फत यहाँको शुक्लाफाटा राष्ट्रिय...

स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि अब नेपालमै

नेपालगन्ज, १२ जेठ । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनुपरेको छ । नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले सवारी साधानको अनुमतिपत्र लिने प्रक्रियालाई सहज बनाउने प्रविधि नेपालमा भित्र्याएको छ । सूचना प्रविधिलाई अधिकतम प्रयोग गरेर स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय महत्वका सूचना...

नागरिकका गुनासो सुन्न सरकारी मोबाइल एप

काठमाडौं, जेठ १० – सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ । अहिले सरकारले ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको...

नेपालगन्ज उपमहानगरपालिकामा पोर्टल र मोबाइल एप्लीकेशन सेवा

नेपालगञ्ज, २ जेठ। नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधीको उपयोगीता र व्यापकता बढाइएको हो । नेपालगञ्जमा यो प्रविधि निर्माण र सेवा प्रवाहले स्मार्ट सिटीको प्राररम्भिक शुरुवात भएको पनि संकेत देखाएको छ । काठमाडौ लीभीङ ल्याव्सको प्राविधिक सहयोगमा निर्मीत वेभसाइड र एप्लीकेशनको आज नेपालगञ्जमा एक समारोहबीच उदघाटन गरेर शुभारम्भ गरिएको छ...

बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रमा मोबाइल सेवा

नेपालगन्ज, १० वैशाख । नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । टेलिकमका अनुसार ढोरपाटन नगरपालिका–९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा...

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा

काठमाडौँ, ४ वैशाख ।केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या हट्ने छ । स्थानीय तहका कर्मचारीले सामाजिक सुरक्षा भत्ता...

बानको केन्द्रीय सदस्यमा रेडियो बागेश्वरीका प्रवन्ध निर्देशक शाह निर्वाचित

नेपालगञ्ज ,२९चैत्र ।नीजी रेडियोहरुको साझा संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)को केन्द्रीय सदस्यमा रेडियो बागेश्वरी एफएमका प्रवन्ध निर्देशक तथा संस्थापक राजविक्रम शाह निर्वाचित हुनु भएको छ । हालै काठमाडौंमा सम्पन्न छैठांै अधिवेशनबाट रेडियो बागेश्वरी एफएमका प्रवन्ध निर्देशक शाह सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई बानको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समाजसेवी शाह बागेश्वरी एफएममा स्थापना कालदेखि विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहदै...

अब भारतभर सिमविना नै मोबाइलबाट सूचना आदानप्रदान हुने, कसरी ?

श्रीहारिकोटा, भारत, १६ चैत । भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् । राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था, इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट (६ए)लाई दक्षिणी अन्तरिक्ष स्टेसन श्रीहारिकोटाबाट स्थानीय समय अनुसार अपरान्ह् ४ बजेर ५६ मिनेटको समयमा प्रक्षेपण भएको थियो । प्रक्षेपण गरिएको २० मिनेटमा सञ्चार उपग्रह निश्चित स्थानमा पुगेको एक भारतीय अन्तरिक्ष अधिकारीलाई...

वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन

नेपालगन्ज,३० फागुन।वैज्ञानिक स्टेफन हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले विज्ञप्ति जारी गर्दै क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको जनाएको छ। हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। बेलायतका हकिङ ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तमा उनले दिएको योगदानका लागि प्रसिद्ध छन्। उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत थुप्रै विज्ञानसँग सम्बन्धित पुस्तक लेखेका छन्। हकिङ २१ वर्षका हुँदा उनलाई नसासम्बन्धी रोग...

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण

 इलाम, २८ फागुन ।नेत्रहीन संघ इलामले दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका १९ जना दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो । एक्सन डिसेबल राइट एण्ड डेभेलपमेन्ट नेपालको सहयोगमा विद्यार्थीलाई मोबाइल वितरण गरिएको संघका अध्यक्ष पदम सुब्बाले बताउनुभयो ।   उनीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले मोवाइल वितरण गरिएको बताइएको छ । दृष्टिविहीन विद्यार्थीले प्रयोग गर्ने विशेष प्रकारको सफ्ट्वेर हुने भएकाले उक्त सफ्ट्वेर एन्ड्रोइड मोबाइलमा...