सूचना प्रविधिमा रहेका समाचारहरु

ट्विटरमा हेल्लो सरकारमा नेपाल विश्वमै तेस्रो

काठमाडौं २८, असार – नेपाल सरकार मस्ट कन्भरसेसनल वर्ल्ड लिडर्स २०१८ को तेस्रो स्थानमा आएको छ। सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काएको आधारमा नेपाल सरकार ट्वीटर एकाउन्ट @Hello_Sarkar ‘ हेल्लो सरकार’ विश्वमै तेस्रो स्थानमा आएको हो। ट्वीप्लोमेसी २०१८ अन्तर्गत जवाफ फर्काएको प्रतिशतका आधारमा नेपाल तेस्रो स्थानमा आएको हो। ट्वीटरमा हेल्लो सरकारलाई मेन्सन गरिएका ट्वीट मध्ये हेल्लो सरकारले ९० प्रतिशतलाई जवाफ दिएको उल्लेख छ। नेपाल भन्दा अगाडि नेदरल्याण्ड सरकारको @Rijksoverheid हेण्डल पहिलो स्थानमा...

महालक्ष्मी विकास बैंक नेपालगन्जद्वारा ५ जनालाई छात्रबृत्ति वितरण

नेपालगन्ज,२७ असार।महालक्ष्मी विकास बैंक लिमीटेडको शाखा कार्यालय नेपालगन्जले ५ जना विद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थीत धम्वोझि माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थिलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो । नेपालगंज उपमहानगरपालिका वडा नंम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल र बैंकका प्रबन्धक राजेन्द्र शाहले संयुक्त रुपमा बुधबार...

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

काठमाडौं,२४ असार – सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्...

फेसबुकले ल्याउँदै छ सुपरफास्ट वाइफाई

फेसबुकले सहरी क्षेत्रमा तीव्र गतिको इन्टरनेट अर्थात सुपरफास्ट इन्टरनेट उपलब्ध गराउने तयारी थालेको छ । फेसबुकले ६० गिगाहर्जमा काम गर्ने टेराग्राफ सिष्टम निर्माण गरेको छ । उक्त सिस्टमले सहरी क्षेत्रमा तीव्र गतिमा वाइफाईको सहयोगले इन्टरनेट उपलब्ध गराउने छ । टेराग्राफ सिस्टम प्रयोग गरी ३ सय देखि ५ सय मिटरको दूरीसम्म वाइफाई उपयोग गर्न सकिन्छ । फेसबुक र क्वालकोमद्वारा तयार पारिएको उक्त प्रविधिबाट २० देखि ४० गिगाबाइट प्रतिसेकेन्डको दरमा डाटा उपलब्ध...

धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

काठमाडौं,१४ असार । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४।५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।भूकम्पको क्षतिको विवरण भने आएको छैन । ...

प्रेस काउन्सिलका पदाधिकारीलाई धम्की दिने २ जना समातिए

काठमाडौं,१३ असार । सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो । उनीहरुले न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँगको विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग...

फेक आइडी खोलेर सामाजिक दुरुपयोग गर्नेलाइ पाँच वर्ष जेल

काठमाडौँ । केही समयदेखि सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि प्रहरीले कडाइका साथ कारबाही थाल्ने तयारी गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सामाजिक सञ्जालको दुरुपयोगमा संलग्नको निगरानीलाई कडा बनाउँदै कारबाहीलाई कडा बनाउने भएको हो । सामाजिक सञ्जाल निगरानी बढाएको अपराध महाशाखाले बुधबार एक सूचना जारी गरेर अरुको नाममा फेक आइडी खोलेर दुरुपयोग गर्नेहरुमाथि कारबाही थालेको जनाएको छ । फेसबुक, ट्विटर, भाइबर, ईमो, इन्सटाग्राम लगायतका सामाजिक सञ्जालका फोटो तानेर त्यसलाई बिगार्नेहरुमाथि निगरानी...

टेलिकमले बदल्यो आफ्नो मोबाइल एप

नेपालगन्ज, २९ जेठ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ (Nepal Telecom) लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवाहरूको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । बताइए अनुसार यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज...

नेपाली प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो

काठमाडौं, १६ जेठ – नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने भएको छ ।अर्थमन्त्री मन्त्रालयले तयार पारेको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् । ब्यूरोमा सम्बन्धित क्षेत्रमा योग्यता भएका प्रहरीलाई अधिकार दिएर कार्य सम्पादन गरिने जनाइएको छ ।बजेट वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने...

सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा

काठमाडौँ, १४ जेठ नेपालमा पहिलोपटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा आएको छ । अष्ट्रेलियन दूतावासको सहयोगमा एक हजार १९८ पृष्ठको त्यस बृहत् शब्दकोशमा चार हजार ३०० संकेतका अक्षर तथा चित्र समावेश रहेको छ । राष्ट्रिय बहिरा महासंघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शब्दकोश विमोचन गर्नुभयो । सोही अवसरमा उहाँले मोबाइल एप्लिकेशन, भिडियो तथा महासंघको वेबसाइटको पनि शुभारम्भ गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले...