सूचना प्रविधिमा रहेका समाचारहरु
(डुडुवा)नेपालगन्ज ,२७ फागुन। बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा ब्यावसायिक मकै खेति प्रविधि विषयक कृषकस्तरिय तीन दिने तालिम आईतबारदेखि शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को आयोजनामा भएको तालिम उद्घाटन कार्यक्रममा सहभागिले मकै जोन कार्यक्रमले कृषकलाई फाइदा पुगेको बताए । सरस्वती मावि भंघोटनाको हलमा शुरु भएको तालिममा सहभागीहरुले परियोजनाले कृषकका लागि उल्लेख्य काम गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिनु पर्ने धारणा राखे । मकै...
माघ २४,नेपालगन्ज।नेपाल टेलिकम नेपालगन्ज कार्यालय अन्तरगत सञ्चालनमा रहेका ल्याण्डलाईन टेलिफोन सेवा प्रयोग गरेर महशुल नतिर्ने ग्राहकले जरिवाना छुटको फाईदा उठाउदै धमाधम पुरानो बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्रमुख प्रेमप्रसाद शिलवालले पुरानो बक्यौता उठाउनको लागि जरिवानामा छुट दिएको बताए । उनले व्यक्ति भन्दा पनि बढी सरकारी कार्यालयको बढी बक्यौता रहेको जानकारी दिए । उनले टेलिकमले आगामि दिनमा महशुल बक्यौता नरहोस भनेर क्रेडिट लिमिट कायम गर्दै धरौटी रकम...
माघ २३,जाजरकोट । जाजरकोटमा दूई दिनदेखि नेपाल टेलिकमको ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ । सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ । फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम, सरकारी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम समेत ठप्प भएको छ ।...
माघ १८,नेपालगञ्ज। नेपालगंजको गुनासो सम्वोधनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले टोल फ्रि नम्वर फोन सेवा शुरु गरेको छ । पारस्परिक जवाफदेहिता परियोजनासँगको सहकार्यमा उपमहानगरपालिकाले बुधबारदेखि १६६०–८१–५२०५२ नम्वरको पैंसा नलाग्ने कल सेवा शुरु गरेको हो । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर रणा र उपप्रमुख उमा थापा मगरले एक समारोहबीच संयुक्त रुपमा उदघाटन गर्नु भयो । नेपालगञवासीले अब जुनसुकै समयमा कल गरेर आफना समस्या सम्वन्धित निकायमा राख्न पाउने भएका छन् । फोनमार्फत आएका समस्या÷...
माघ १७, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ ।ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए । ...
पूस २८,काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली नियुक्त भएका छन् । मन्त्रीपरिषदको शुक्रवारको बैठकले पराजुलीलाई आागमी चार वर्षको नियुक्त गरेको हो । पोखरामा रहेर पत्रकारितामा क्रियाशील पराजुली करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय छन् । पराजुलीले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र...
पुस १०,काठमाडौं ।प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको बताइएको छ । यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर छ । महासंघ यस किसिमका घटना नगर्न र पत्रकारलाई निर्वाधढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ । ...
पाल्पा, १२ मंसिर : पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् । गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ । घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताउनुभयो । “अरुको घरमा बिजुली...
काठमाडौँ: नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा रु ५० को ‘टक भ्यालु’...
भक्तपुर: नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । रफत सञ्चार क्बलले महासङ्घका पदाधिकारीको सम्मानमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अबदेखि महासङ्घको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिनुभयो । अध्यक्ष आचार्यले भन्नुभयो, “पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन्...