दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण
प्रकाशित मिति : २०७४, २८ फाल्गुन सोमबार ०९:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
इलाम, २८ फागुन ।नेत्रहीन संघ इलामले दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ ।
Advertisement
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका १९ जना दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो । एक्सन डिसेबल राइट एण्ड डेभेलपमेन्ट नेपालको सहयोगमा विद्यार्थीलाई मोबाइल वितरण गरिएको संघका अध्यक्ष पदम सुब्बाले बताउनुभयो ।
उनीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले मोवाइल वितरण गरिएको बताइएको छ । दृष्टिविहीन विद्यार्थीले प्रयोग गर्ने विशेष प्रकारको सफ्ट्वेर हुने भएकाले उक्त सफ्ट्वेर एन्ड्रोइड मोबाइलमा मात्र चल्ने बताइएको छ । इलाम सदरमुकामस्थित बालमन्दिर प्राविमा दृष्टिविहीन विद्यार्थीलाई आवासको व्यवस्था मिलाइएको छ ।