विचित्र संसारमा रहेका समाचारहरु
पुस २४/समयले पर्खिँदैन, बगेको खोला फर्किँदैन भन्ने उखानै छ । मानिसले जति नै बल गरेपनि बितिसकेको समय फिर्ता ल्याउन सकिँदैन । तर यो धर्तीमा कहिलेकाहीँ समय समेत पछाडि फर्किँदो रहेछ । हालै चीनबाट अमेरिकाका लागि जहाजमा उडेका यात्रुहरुले यहीँ अनुभव गरे। सन् २०१७ मा चीनको सांघाइमा जहाज चढेका यात्रुहरु एकवर्ष अघि नै अर्थात् सन् २०१६ मै अमेरिका पुगे । अमेरिकाको सांघाइबाट अमेरिकाको सन फ्रान्सिस्कोका लागि उडेको युनाइटेड एयरलाइन्सको यु ए ८९०...
दुनियाको सबैभन्दा धेरै जनसंख्या भएको छिमेकी देश चीनमा परम्पराहरु पनि अनेक थरीका छन् । चीनमा विवाहका परम्परा पनि निकै रोचक छन् जसको बारेमा सोसल मिडियामा बेला बेलामा खुबै चर्चा हुने गर्दछ । अहिले फेरि एउटा निकै अनौठो बिहे संस्कारका बारेमा निकै चर्चा भईरहेको छ । चीनको एक बिहे समारोहका दौरान देखिएको उक्त दृश्यको भिडियो सोसल मिडियामा अपलोड भएपछि त्यसले चर्चा र विवाद बटुलिरहेको छ । भिडियोमा एक व्यक्तिले बेहुलीलाई चुम्बन...
नेपालमा मात्र होइन, संसारका अधिकांश देशहरुमा केही रहस्यमयी गुफाहरु छन् । यसमध्ये केही गुफाहरु प्रकृतिद्वारा निर्मित छन् भने केही मानव निर्मित । तर आज हामी तपाईलाई एक यस्तो गुफाको बारे जानकारी गराउँछौंं कि जुन निकै रहस्यमयी छ । यस गुफाको विशेषता यो हो कि आजसम्म यसको अन्तिम कुनासम्म कोही मानिस पनि पुग्न सकेका छैनन् । भारतको बिहार प्रदेशको रोहतास जिल्लामा चेनारी क्षेत्रमा गुप्तेश्वरनाथ धाम नामक एक भगवान शिवको मन्दिर रहेको...
पुस २१।मुगल सम्राट शाहजहाँले आफ्नी प्रेमिकाको यादमा भारतको चर्चित ताज महल बनाएका थिए । सत्रौँ सताब्दीका तिनै सम्राटको सिको गर्दै भारतमा एक विदेशी कैदीले जेलभित्रै ताजमहल ठडाएका छन् । लागूऔषधको मुद्दामा भारतको उत्तरप्रदेशस्थित महाराजगंज जिल्ला कारागारमा जेलसजायँ काटिरहेका फ्राान्सेली नागरिक एल्बर्ट पास्कल शाइनेले सलाइँका काँटीहरुबाट ताजमहलको सुन्दर प्रतिरुप तयार गरेका हुन् । नयाँ वर्षमा आफ्नी श्रीमतीलाई उपहार दिनका लागि उनले यस्तो अद्धितीय मायाको चिनो तयार गरे । उनको कलाको नमूना...
१९ पुस, काठमाडौं । इन्डोनेसियाका बयोवृद्ध सपरमान सोदीमेजोले शनिबार आफ्नो १४६ औं जन्मदिन मनाए । उनलाई इतिहासकै सबैभन्दा वृद्ध मानिस दावी गरिएको छ । सोदीमेजोसँग इन्डोनेसियन परिचयपत्र छ जसमा उनको जन्ममिति उल्लेख गरिएको छ, ३१ डिसेम्बर १८७० । उनले आफ्ना जिवित आफन्तहरुका माझ इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेरागयन डिस्ट्रीक्टमा जन्मदिन मनाएका हुन् । जन्मदिनको पार्टीमा सोदीमेजोका नाति सुयोन्तो र उनकी पत्नी सुवर्नी तथा उनीहरुका सन्तान एरिका कुर्नियावती र एनिसा कुर्नियावती लगायत...
(एजेन्सी) पौष १८ । युवतीहरु आफ्नो कम्मरको आकारका विषयमा निकै सजग रहन्छन् । कम्मरको आकार नबढोस् भनेर डाइटिङ तथा एक्ससाइजका सबै तरिका पनि अपनाउँछन् । बारुली (बारुलोको जस्तो छिनेको) कम्मरको चर्चा गीत-संगीतमा समेत हुने गरेको छ । तपाईंले यस्तो कम्मर देख्नुभएको छ, जसमा गाँठो पारिएको होस् । सायद यस्तो त कल्पना पनि गर्न सकिन्न । तर, सर्भियाकी एक मेकअप आर्टिष्टले यसलाई सम्भव बनाएकी छन् । मिरजाना किका नामकी यी आर्टिष्टले यस्तो कमाल...
नेपालगन्ज,१७ पुस । भन्ने गरिन्छ ‘नयाँ वर्षले जीवनमा नयाँ नयाँ कुराहरु प्राप्त गर्न सकियोस्, खुशीका साथ नयाँ वर्ष बितोस् ।’ एउटा मानिसले नयाँ वर्षमा के अपेक्षा राख्छ त ? सबैले सकारात्मक सोच नै बनाएका हुन्छन् । तर तपाई खुशी कसरी हुन सक्नुहुन्छ त्यो महत्वपूर्ण हुन्छ । के मानिस सँधै खुशी हुन्छ त ? यसको जवाफ हो म्याथ्यु रिकार्ड । जो नेपालको एक गुम्बामा पनि बसेका थिए । यी मानिस संसारकै सबैभन्दा...
पूस १६ ।यो दुनियाँमा आमा र बच्चाको सम्बन्ध सबैभन्दा पि्रय हुन्छ । मानव संसारमा हामी सधै आफ्नै वरीपरी यस्तो देख्छौँ र भोग्छौँ पनि । तर केवल मानिस मात्र होइन जनावर पनि यो पवित्र नाताको महत्वलाई बुझ्दछन् । भारतको कर्नाटकमा एउटा यस्तै घटना भएको छ, जुन थाहा पाउँदा आमाको आफ्ना सन्तानप्रतिको प्रेेम महसुस गर्न सकिन्छ र आँखा रसाउँछन् पनि । कर्नाटकको सिरसीमा चार वर्ष पहिले एक यात्रुवाहक बसले ठक्कर दिँदा एउटा...
सोसल साइटमा केही यस्ता फोटोहरु अपलोड गरिन्छ, जो निकै भाइरल बन्दछन् । यहाँ रहेका तस्वीरहरु हेर्दा पनि तपाइँ कि त हाँस्नुहुन्छ, कि त अचम्ममा पर्नुहुन्छ । मेट्रो रेलमा यात्रा गर्दाको दौरानमा यात्रुहरुका चर्तिकलालाई क्यामरामा कैद गरिएका यी दृश्यहरु दुनियाँका विभिन्न ठाउँका हुन् । यात्रुहरुमध्ये कोही निर्वस्त्र छन् त कोही खतरनाक अजिंगरसँग देखिन्छन् । हेरौँ केही रोचक तस्वीरहरु: ...
वर्षौँदेखि दाम्पत्य जीवनमा रहेका दम्पतिहरु होउन् वा भर्खरै बिहे गरेका नवविवाहित हुन्, उनीहरु वर्षका अरु दिनमा जति रसरँग गरेपनि ५ दिन भने चुपचाप रहनुपर्छ । वर्षको ५ दिन लोग्ने स्वास्नीले एक अर्कालाई नचिनेको जस्तो व्यवहार देखाउनुपर्छ । यो नियम भारतको हिमाञ्चल प्रदेशस्थित कूल्लुको पिणी गाउँमा सदियौँ देखि चल्दै अाएको परम्परा हो । उक्त गाउँमा हरेक वर्ष भाद्र महिनामा पाँच दिनसम्म कालो महिना मनाइन्छ । ती ५ दिनमा पति पत्नी एक अर्कामा...