२०१७ मा उडेको जहाज २०१६ मा जहाज अमेरिका पुगेपछि…
प्रकाशित मिति : २०७३, २४ पुष आईतवार २२:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस २४/समयले पर्खिँदैन, बगेको खोला फर्किँदैन भन्ने उखानै छ । मानिसले जति नै बल गरेपनि बितिसकेको समय फिर्ता ल्याउन सकिँदैन । तर यो धर्तीमा कहिलेकाहीँ समय समेत पछाडि फर्किँदो रहेछ । हालै चीनबाट अमेरिकाका लागि जहाजमा उडेका यात्रुहरुले यहीँ अनुभव गरे।
Advertisement
सन् २०१७ मा चीनको सांघाइमा जहाज चढेका यात्रुहरु एकवर्ष अघि नै अर्थात् सन् २०१६ मै अमेरिका पुगे ।
अमेरिकाको सांघाइबाट अमेरिकाको सन फ्रान्सिस्कोका लागि उडेको युनाइटेड एयरलाइन्सको यु ए ८९० को जहाज उडेको एकदिन अघि नै गन्तव्यमा पुगेको हो ।
चीनमा जनवरी एक सुरू भएपछि उडेर अमेरिका पुग्दा पनि अमेरिकामा सन् २०१६ नै बाँकी थियो । यसो हुनुको कारण टाइम जोन हो
उक्त जहाज जनवरी १ मा सांघाइबाट उडेको थियो । तर ३१ डिसेम्बरमै सन फ्रान्सिस्को पुग्यो । सांघाइबाट सनफ्रान्सिस्कोको उडान समय ११ घण्टा ५ मिनेटको हो ।
जबकी समयको गणनाका हिसाबले सांघाइ सहरको प्रामाणिक समय सन सनफ्रान्सिस्कोको भन्दा १६ घण्टा अघि छ । त्यसैले जनवरी १ मा सांघाइबाट उडेको जहाज सन सनफ्रान्सिस्कोमा पुग्दा त्यहाँ डिसेम्बर ३१ नै थियो ।