जहाँ वर्षमा ५ दिन पतिपत्नीले एकअर्कालाई चिन्दैनन् !
प्रकाशित मिति : २०७३, १४ पुष बिहीबार १९:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वर्षौँदेखि दाम्पत्य जीवनमा रहेका दम्पतिहरु होउन् वा भर्खरै बिहे गरेका नवविवाहित हुन्, उनीहरु वर्षका अरु दिनमा जति रसरँग गरेपनि ५ दिन भने चुपचाप रहनुपर्छ ।
Advertisement
वर्षको ५ दिन लोग्ने स्वास्नीले एक अर्कालाई नचिनेको जस्तो व्यवहार देखाउनुपर्छ । यो नियम भारतको हिमाञ्चल प्रदेशस्थित कूल्लुको पिणी गाउँमा सदियौँ देखि चल्दै अाएको परम्परा हो ।
उक्त गाउँमा हरेक वर्ष भाद्र महिनामा पाँच दिनसम्म कालो महिना मनाइन्छ । ती ५ दिनमा पति पत्नी एक अर्कामा हाँसो ठट्टा पनि गर्दैनन् । एकदमै अन्जान तथा अपरिचित जस्तै व्यवहार गर्छन्, पति पत्नीहरु एक अर्कामा । महिलाहरु निकै राम्रा राम्रा कपडा लगाउँछन्, ती पाँच दिन ।
यो परम्परा निकै पहिले देखि निभाउँदै आइएको छ । यस्तो संस्कार नमान्ने महिलाको घरमा कुनै अशुभ घटना हुने अन्धविश्वास रहेको छ । किम्बदन्तीअनुसार लाहुवा घोडा देवता जब परापूर्व कालमा पिणी गाउँपुगेका थिए तब त्यहाँ राक्षसहरुको आतंक थियो । भदौ संक्रान्तिपछिको ५ दिनलाई त्यहाँ कालो महिनाको रुपमा मनाइन्छ र सोही दिन देवताले पिणी गाउँमा प्रवेश गरी राक्षसको नाश गरेको विश्वास गरिन्छ ।