विश्वकप २०१८मा रहेका समाचारहरु

सेमिफाइनलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दै

काठमाडौँ, २७ असार – विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् ।रुसमा जारी विश्वकप फुटबलमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो । क्वार्टरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको थियो भने इंग्ल्याण्डले स्विडेनलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । सन् १९९८...

विश्वकै चौथो महंगो खेलाडी बने रोनाल्डो

  काठमाडौं, असार २७ – इटालीयन क्लब युभेन्टसमा आवद्ध क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महङ्गो खेलाडी भएका छन्।रियल मड्रिडका स्टार रोनाल्डोलाई युभेन्टसले ९९।२ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो। यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका हुन्। बार्सिलोनाबाट नेइमारलाई तथा मोनाकोबाट किलियन एम्बाप्पेलाई भित्र्याउँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले कीर्तिमानी रकम तिरेको थियो। नेइमारका लागि २०० मिलियन पाउण्ड तथा एम्बाप्पेका लागि १६६ मिलियन पाउण्ड तिरेरे प्रान्सेली क्लब पीएसजीले क्लबमा...

बेल्जियमलाई पराजित गर्दै फ्रान्स २०१८ बिश्वकपको फाइनलमा

रसिया,२७ असार(एजेन्सी) ।फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन...

विश्वकप फुटवल २०१८ को रङ्गशालामा सबैभन्दा बढी चिनियाँ दर्शक

रुस । चीनको फुटबल टोली जारी रुस विश्वकपमा सहभागी छैन। चीन त विश्वकपको छनोट चरणमै नियमित असफल हुँदै आइरहेको छ। तर, एउटा रोचक लाग्ने तथ्य के छ भने रुसमा जारी विश्वकप हेर्न पुग्ने समर्थकमध्ये सबैभन्दा बढी चिनियाँहरू नै देखिएका छन्। यसले अन्य खेलमा निकै सशक्त रहेका चिनियाँहरू फुटबलप्रति पनि आकर्षित रहेको देखाएको छ। रुस विश्वकप आयोजक समितिले जनाएअनुसार यसपटक विश्वकप हेर्न आउने चिनियाँ समर्थक आयोजक रुसका समर्थकपछि सबैभन्दा बढी छन्।...

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

काठमाडौं,२६ असार – विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।...

विश्वकप फुटबलमा सेमिफाइनलका खेल भोलिदेखि सुरु हुदै

काठमाडौं २५ असार – रुसमा जारी विश्वकप फुटबल अन्तरगत सेमिफाइनलका खेल भोलिदेखि सुरु हुँदै छ । भोलि नेपाली समयअनुसार राति ११ः ४५ बजे पहिलो सेमिफाइनल खेल हुने छ । पहिलो सेमिफाइनलमा १९९८ को विश्वविजेता फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियमबीच हुने छ । सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलको विजेताले फाइनल खेल्ने छ । । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका...

ब्राजिलियन मिडफिल्डर पाउलिन्हो फर्किए चिनियाँ क्लबमा

काठमाडौं,२५, असार – स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब फर्किएका छन्। गत सिजन मात्र चाइनिज सुपर लिग क्लब गोन्जाउ एभरगार्डबाट बार्सिलोना गएका पाउलिन्हो फेरि पुरानै क्लब फर्किएका हुन्। २९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो। तर, पाउलिन्हो एक सिजन मात्र बार्सिलोनामा बिताए। बार्सिलोनामा पाउलिन्होले ला लिगा र कोपा डेल रे उपाधि जितेका थिए। कीर्तिमानी मूल्यमा नेयमारलाई पेरिस सेन्ट जर्मेन...

फुटबलको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

जारी विश्वकप फुटबलका विभिन्न ६ वटा खेलको सही भविष्यवाणी गर्ने एउटा चिनिया बिरालोको मृत्यु भएको छ । उक्त बिरालोको असामयिक निधनपछि चिनियाँ सोसल मिडियामा हजारौँ मानिसहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् । बैडियानएर नामको उक्त सेलिब्रेटी बिरालोका सुन्तला रङको भुत्ला थिए । यो बिरालो बेइजिङको फोर्बिडन सिटीस्थित दरबार संग्राहलय परिसरमा बस्दथ्यो । यो बिरालोलाई विश्वकप फुटबलका खेलहरुको भविष्यवाणी गर्नका लागि खेल हुन थालेका दुई देशका झण्डा राखिएको खानेकुरा सहितका दुई भाँडा दिइन्थ्यो...

बिश्वकप २०१८ मा इंग्ल्यान्ड र क्रोएसिया सेमीफाईनलमा प्रबेश
"सेमीफाईनलमा फ्रान्स र बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया खेल्ने "

नेपालगन्ज,२४ असार(एजेन्सी)।विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराएको छ । यस जितसंगै इंग्ल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित पनि गरेको छ । इंग्ल्यान्डका लागि ३० औं मिनेटमा ह्यारी म्याग्वाएरले एस्ली योङको कर्नरमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा रहिम स्टेर्लिङले इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने मौका गुमाएका पनि थिए। दोस्रो हाफमा भने इंग्ल्यान्डले फेरी गोल गर्दै जित सुनिश्चित गरेको हो । जेसे लिन्गार्डको क्रसमा डेले...

बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा, ब्राजिल विश्वकपबाट बाहिरियो

नेपालगन्ज, २३ असार (एजेन्सी) । ब्राजिल रसिया जारी विश्वकप फुटबलबाट बाहिरिएको छ । क्वाटरफाइनलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित हुदै ब्राजिल विश्वकपबाट बाहिरिएको हो । बेल्जियम भने ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् । रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याए । यसअघि पहिलो हाफमा बेल्जियमले २–० गोलको अग्रता बनाएको थियो ।...