२०१८ को बिश्वकपको फाईनलमा फ्रान्स बिजयी "उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिच "
"उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिच "
प्रकाशित मिति : २०७५, ३१ असार आईतवार २३:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,३१ असार (एजेन्सी) । विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ ।
Advertisement
खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।
तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन्।
पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४-१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४-२ पार्दै खेललाई रोमाञ्चक बनाए । तर थप गोल हुन नसकेपछी फ्रान्सले खेलमा जित हात पार्यो ।
यससंगै फ्रान्सले दोस्रो विश्वकप उपाधि जित्न सफल भएको छ । फ्रान्सले यस अघि सन् १९९८ मा आफ्नो पहिलो उपाधि जितेको थियो ।
रुस विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए ।
फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले ट्रफिको उपाधि भने स्पेनले हात पार्यो ।