विश्वकप २०१८मा रहेका समाचारहरु

ब्राजिलले गोल फर्कायो

नेपालगन्ज, २३ असार (एजेन्सी) । रसियामा जारी ब्राजिल र बेल्जियमबीचको खेलमा ब्राजिलले गोल फर्काएको छ। खेलको ७६ औं मिनेटमा ब्राजिलका लागि अगस्टोले गोल फर्काएका हुन्। यस गोलले खेलमा ब्राजिलको खेलमा फर्किने आशा जगाइदिएको छ। ब्राजिल अझै एक गोलले पछाडी रहेको छ। ब्राजिलले खेलको पहिलो हाफमा आत्मघाती गोल गर्न पुगेको थियो। ...

ब्राजिलले खायो दोश्रो गोल

नेपालगन्ज, २३ असार (एजेन्सी) । ब्राजिलले दोश्रो गोल खाएको छ। आत्मघाती गोलका कारण एक गोलले पछि परेको ब्राजिलविरूद्ध बेल्जियमले अग्रतालाई दोब्बर पारेको छ। बेल्जियमका लागि दोश्रो गोल डिब्रुएनेले खेलको ३१ औं मिनेटमा गरेका हुन्। ...

बेल्जियमले लियो ब्राजिलको आत्मघाती गोलबाट अग्रता

नेपालगन्ज, २३ असार (एजेन्सी) । ब्राजिलविरूद्ध पहिलो गोल भएको छ। ब्राजिलले खेलको १३ औं मिनेटमा गोल खाएको हो। ब्राजिलका खेलाडीले गरेको हेडले पोस्टको दिशा लिएपछि ब्राजिल एक गोले पछि परेको छ। कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमेको हो। यस खेलको विजेताले सेमिफाइनलमा फ्रान्सविरूद्ध खेल्नेछ। ...

फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश, उरुग्वे पराजित

नेपालगन्ज, २२ असार (एजेन्सी) । फ्रान्स विश्वकप फुटलबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो । फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए...

उरूग्वेविरूद्ध फ्रान्सको २-० अग्रता
"उरुग्वेका गोरक्षकको गम्भीर गल्ती "

नेपालगन्ज, २२ असार (एजेन्सी) । पहिलो हाफमा उरूग्वे विरूद्ध अग्रता लिएको फ्रान्सले दोश्रो हाफमा फेरि गोल गर्दै अग्रतालाई २-० बनाको छ। फ्रान्सले खेलको ६३ औं मिनेटमा दोश्रो गोल गरेको हो। फ्रान्सका लागि सो गोल ग्रिजम्यानले गरेका हुन्। उनले डिवक्स बाहिरबाट प्रहार गरेको बल उरूग्वेका गोरक्षकको हातबाट डिफेल्क्ट हुँदै पोस्ट भित्र छिरेको थियो। आजको खेलमा फ्रान्सले पहिलो अग्रता खेलको ४० मिनेटमा लिएको थियो।  फ्रान्सका लागि सो गोल राफेल भारानेले गरेका थिए। लुकास हेर्नानडेजले नान्देजलाई...

कसरी बलियो बन्यो ब्राजिलियन डिफेन्स ?
"यस्तो छ टिटेको प्रशिक्षण टोलीको ठूलो मेहनत "

नेपालगन्ज, २२ असार । ब्राजिलियन फुटबलमा झण्डै तीन दशकदेखि एउटा बहस चल्दै आएको छ, फुटबललाई मनोरञ्जनको माध्यमका रुपमा लिने कि खेल जित्ने आधार ? सन् १९८२ को विश्वकपमा ब्राजिल इटालीसँग ३-२ ले पराजित भएको थियो । खेलमा इटालीका पाओलो रोजीले हृयाटि्रक गरेका थिए । ब्राजिलले राम्रो खेलेर पनि खेल हारेको थियो । त्यही बेलादेखि सुरु भएको बहस रोकिएको छैन । रुस विश्वकपमा भने प्रशिक्षक टिटेले खेल जित्ने बाटो अपनाएका छन् । टिटेले...

उरुग्वेविरुद्ध फ्रान्स पहिलो हाफसम्म १–० गोलले अघि

नेपालगन्ज, २२ असार (एजेन्सी) । रसियमा हाल जारी दुई विश्व विजेता फ्रान्स र उरूग्वेबीचको खेलमा फ्रान्सले पहिलो हाफ सकिन केहि मिनेट बाँकी छँदा गोल गर्दै अग्रता लिएको छ। फ्रान्सका लागि सो गोल राफेल भारानेले गरेका हुन्। उनले खेलको ४० औं मिनेटमा गोल गरेका हुन्। लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि  फ्रिकिक पाएको थियो। सोही फ्रिकिकबाट आएको बललाई राफेलले जाली चुमाउँदै फ्रान्सलाई अग्रता दिलाएका हुन्। रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा जारी खेलमा दुबै टिम जितको खोजिमा...

मेसी र रोनाल्डोको झगडामा लोग्नेले दिए डिर्भोस !

मस्को । रूसमा जारी रहेको विश्वकप फुटबलबाट अर्जेन्टिना र पोर्चुगल बाहिरिइसकेका छन् । तर पनि यी दुई देशका समर्थकबीच दुई सुपर स्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई लिएर निरन्तर बहस चल्दै आएको छ । यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने बहसले समर्थकहरुबीच कुटाकुट र गालीगलौजसम्म हुने गरेको छ। यस्तै एउटा रोचक घटना विश्वकप आयोजक राष्ट्र रसियाबाट आएको छ । एक व्यक्तिले क्रिस्टियानो रोनाल्डोलाई लियोनेल मेसी भन्दा उत्कृष्ट भनेको झोँकमा पत्नीलाई...

क्वार्टरफाइनलमा उरुग्वे बिच फ्रान्स र ब्राजिल बेल्जियमको सामना गर्दै

नेपालगन्ज,२२ असार(एजेन्सी)। रसियामा जारी विश्वकपमा शुक्रबारबाट क्वार्टरफाइनल खेल सुरु हुँदैछन् । आज दुई क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो  क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच हुनेछ । त्यस्तै अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नेछ । समूह चरणमा १ गोल पनि नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ ले हराएको थियो । अर्को तिर फ्रान्सले लियोन मेस्सीको अर्जेन्टिनालाई ४–३ ले पाखा लगाएको थियो । फ्रान्सका लागि युवा खेलाडी केलियन...

‘नेयमारले की रुवाछन्, की हसाउँछन्’:म्यारोडोना

नेपालगन्ज,२१ असार(एजेन्सी)।विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् । पछिल्लो पटक आइबार मेक्सिकोसँगको खेलपछि भने उनी थप चर्चामा छन् । अन्तिम १६ को त्यो खेलमा नेयमार लयमा देखिएको पनि मानिएको छ । पछिल्ला चार खेलमा उनी त्यसमा बढी प्रभावकारी मानिएको छ । एक गोल गरेका नेयमारले अर्को गोलका लागि पनि...