बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा, ब्राजिल विश्वकपबाट बाहिरियो
प्रकाशित मिति : २०७५, २३ असार शनिबार ०१:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २३ असार (एजेन्सी) । ब्राजिल रसिया जारी विश्वकप फुटबलबाट बाहिरिएको छ । क्वाटरफाइनलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित हुदै ब्राजिल विश्वकपबाट बाहिरिएको हो ।
Advertisement
बेल्जियम भने ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् ।
रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याए । यसअघि पहिलो हाफमा बेल्जियमले २–० गोलको अग्रता बनाएको थियो । बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै दोब्बर अग्रता बनाउन सफल भएको थियो ।
यसअघि कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गोल गर्न पुगेका थिए । खेलको १३ औं मिनेटमा नै बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किक ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । ब्राजिल हार्नुमा उनको आत्मघाती गोल पनि मुख्य कारण बन्यो ।
ब्राजिलले सुरुवाती समयमै एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । पटक पटक ब्राजिलले प्रहार गरेको बल बेल्जियमका डिफेन्डर र गोलकिपरले विफल बनाई दिए ।
बेल्जियमले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।