बेल्जियमलाई पराजित गर्दै फ्रान्स २०१८ बिश्वकपको फाइनलमा
प्रकाशित मिति : २०७५, २७ असार बुधबार ०९:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,२७ असार(एजेन्सी) ।फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो ।
Advertisement
फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।
त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए । उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई डाइभ गर्दै बचाएका थिए । कर्नरमा रिबाउन्डपछि आएको उक्त प्रहार नै बेल्जियमले गरेको डरलाग्दो प्रयास थियो ।
यता फ्रान्सले पनि आक्रामक रणनीति बुन्दै मौका लगातार अवसर सिर्जना गरिरहेको छ । यद्यपी फरवार्डहरुले डिफेन्सलाई पार गरेर गोलरक्षकलाई परिक्षण गर्न सकिरहेका छैनन् । ४४ औं मिनेटमा फ्रान्सले राम्रो स्थानमा फ्रिकिक पाएपनि फरवार्ड एन्टोइन ग्रिज्मनको प्रहार वालमा लाग्दै फर्कन पुग्यो ।
यस जितसँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको थियो। फ्रान्सले अब दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकप उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् ।