विश्वकप २०१८मा रहेका समाचारहरु

कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा

रसिया,२० असार(एजेन्सी) ।इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । टाइब्रकेरको नायक रहे इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल १–१ को बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए...

स्विडेन अन्तिम ८ मा प्रवेश, फोर्सबर्गको निर्णायक गोल

नेपालगन्ज, १९ असार (एजेन्सी) । विश्वकप अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले हराएको छ । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल रहे । पहिलो हाफमा स्विट्जरल्यान्डले अधिकांश पोजेसन राखे पनि दुवै टोली गोल गर्न असफल रहे । दोस्रो हाफमा भने स्विडेन गोलको खाता खोल्न सफल रह्यो । फोर्सबर्गले डिफ्लेक्टेड प्रहारमार्फत टोलीलाई अग्रता दिलाए र सो गोल नै स्विडेनलाई क्वाटरफाइनलमा स्थान सुनिश्चित गर्न पर्याप्त रह्यो । स्विट्जरल्यान्डले खेलको अन्तिम...

स्वीट्जरल्यान्डविरुद्ध स्वीडेनको अग्रता

नेपालगन्ज, १९ असार (एजेन्सी) । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध स्वीडेनले अग्रता बनाएको छ । स्वीडेनका लागि इमिल फोर्सबर्गले गोल गर्दै स्वीट्जरल्यान्डविरुद्ध १–० गोलको अग्रता दिलाएका हुन् । खेलको ६६औं मिनेटमा स्वीडेनका फोर्सबर्गले गोल गर्न सफल भए । उनकै उत्कृष्ट गोलमा स्वीडेनले स्वीट्जरल्यान्डविरुद्ध १–० गोलको अग्रता बनाएको हो । ...

स्वीट्जरल्यान्ड र स्वीडेनले पहिलो हाफसम्म गोलरहित बराबरी

नेपालगन्ज, १९ असार (एजेन्सी) । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्ड र स्वीडेनले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा बल नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्डले गोल गर्न भने सकेन । स्वीट्जरल्यान्डले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो । यता, स्वीडेनले पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा दुबै टिम जितको खोजिमा छन् । समूह इ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको स्वीट्जरल्यान्ड...

६२ प्रतिशतले टिभीमा हेर्छन् विश्वकप

काठमाडौं , १९ असार -विश्वकप फुटबल हेर्न अहिले पनि धेरैले टिभी नै प्रयोग गर्छन् । स्टाटिस्टाको रिपोर्टअनुसार स्मार्टफोन तथा भिडियो स्ट्रिमिङ सुविधा उपलब्ध भए पनि अहिले पनि ६२ प्रतिशतले टिभीमै विश्वकप हेरिरहेका छन् । विश्वका २५ प्रतिशत व्यक्तिले इन्टरनेट प्रयोग गरी विश्वकप हेर्छन् भने अहिले पनि ६ प्रतिशतले रेडियोमा कमेन्ट्री सुनेर चित्त बुझाइरहेका छन् । मोबाइलमा १३ प्रतिशत तथा ट्याब्लेटमा ८ प्रतिशतले विश्वकप हेर्छन् । यो अनलाइन सर्वेक्षणमा विश्वका २७ देशका...

विश्वकपमा बाँकी छैनन् कुनै पूर्व विजेता खेलाडी

काठमाडौं, जेठ १९ – विश्वकप फुटबलको नकआउट चरणका खेल जारी रहँदा विश्वकपमा यसअघिका उपाधि विजेता सबै खेलाडी बाहिरिएका छन्। जारी प्रतियोगितामा यसअघि फाइनल खेलेका कुनै खेलाडी बाँकी छैनन्। सन् २०१४ का दुबै फाइनलिस्ट जर्मनी र अर्जेन्टिना समुह चरणाबटै बाहिरी सकेको छन् जसमा अर्जेन्टिना नकआउट चरणमाबाटै यसपटक घर फर्किसकेको छ। त्यस्तै सन् २०१० को विश्वकप विजेता स्पेन पनि आयोजक रसियासँग हार बेहोर्दै प्रतियोगितामा क्वाटरफाइनल प्रवेश गर्न असफल रह्‌यो। यस्तै सन् २०१० को...

जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा

रसिया,१९( एजेन्सी) ।इन्जुरी समयमा नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ । बराबरीतर्फ उन्मुख खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो । २–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा जापानले ४ मिनेटको फरकमा २ गोल गर्दै अप्रत्यासित अग्रता लिएको थियो ।...

ब्राजिल क्वाटरफाइनलमा प्रवेश, मेक्सिको २–० गोलले पराजित

नेपालगन्ज,१८ असार (एजेन्सी)। विश्वकप अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको ५१ औं मिनेटमा विलियनको सुन्दर पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटतिर नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित र ब्राजिलको अन्तिम ८ मा स्थान सुनिश्चित गरे । ब्राजिल र मेक्सिकोले खेलभरी लगभग बराबर पोजेसन राखेका थिए, तर ब्राजिलको...

मेक्सिको विरूद्ध ब्राजिलको दोश्रो गोल

नेपालगन्ज,१८ असार (एजेन्सी)।  खेलको अन्तिम मिनेट चलिरहँदा ब्राजिलले दोश्रो गोल गर्दे अग्रतालाई दोब्बर पारेको छ। दोश्रो गोल फर्मिनोले खेलको ८८ औं मिनेटमा गरेका हुन्। ब्राजिलले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो। खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियरले गोल गरेका थिए। नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरेका हुन्। रसियामा जारी मेक्सिको र ब्राजिलबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपछि...

नेयमारको गोलमा ब्राजिलले मेक्सिकोविरुद्ध १–० गोलको अग्रता

नेपालगन्ज,१८ असार (एजेन्सी)।  विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिलले मेक्सिकोविरुद्ध अग्रता बनाएको छ । नेयमारको गोलमा ब्राजिलले मेक्सिकोविरुद्ध १–० गोलको अग्रता बनाएको हो । नेयमारले खेलको ५१औं मिनेठमा गोल गर्न सफल भए । यसअघि पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाउँदा अग्रता बनाउन चुकेका थिए । मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउने दाउँमा ब्राजिल रहेको छ । समरा एरिनामा सुरु भएको खेलमा ब्राजिलमाथि रोमाञ्चक जित...