विश्वकपमा बाँकी छैनन् कुनै पूर्व विजेता खेलाडी
प्रकाशित मिति : २०७५, १९ असार मंगलवार ११:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं, जेठ १९ – विश्वकप फुटबलको नकआउट चरणका खेल जारी रहँदा विश्वकपमा यसअघिका उपाधि विजेता सबै खेलाडी बाहिरिएका छन्। जारी प्रतियोगितामा यसअघि फाइनल खेलेका कुनै खेलाडी बाँकी छैनन्।
सन् २०१४ का दुबै फाइनलिस्ट जर्मनी र अर्जेन्टिना समुह चरणाबटै बाहिरी सकेको छन् जसमा अर्जेन्टिना नकआउट चरणमाबाटै यसपटक घर फर्किसकेको छ। त्यस्तै सन् २०१० को विश्वकप विजेता स्पेन पनि आयोजक रसियासँग हार बेहोर्दै प्रतियोगितामा क्वाटरफाइनल प्रवेश गर्न असफल रह्यो।
यस्तै सन् २०१० को अर्को फाइनलिस्ट नेदरल्याण्ड यसपटक विश्वकपमा छनौट नै हुन सकेन।त्यस्तै सन् २००६ को विश्वकप विजेता इटालीले पनि छनौट चरण पार गर्न सकेन। त्यतिबेला फाइनलमा इटालीसँग खेलेको फ्रान्सका कुनैपनि खेलाडी यसपटक मैदानमा छैनन्। यसपटक फ्रान्सका १४ खेलाडीले पहिलोपटक विश्वकप खेल्दैछन्।सन् २००२ को विजेता ब्राजिलको पनि कुनै खेलाडी टोलीमा छैनन्।