संविधान कार्यान्वयन मुख्य एजेन्डाः मन्त्री जोशी
प्रकाशित मिति : २०७३, २७ कार्तिक शनिबार १५:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दमौली, २७ कात्तिक । उद्योगीमन्त्री नवीन्द्रराज जोशीले संविधान कार्यान्वयन गर्नु सरकारको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।
Advertisement
रिपोटर्स क्लब नेपाल तनहुँद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – संविधान संशोधनको माध्यमबाट यसलाई सर्वस्वीकार्य बनाइ कार्यान्वयन गर्नेतर्फ सरकार अगाडि बढिरहेको छ ।
मन्त्री जोशीले २०७४ माघ ७ गतेभित्र संसदीय चुनाव गर्नुपर्ने भएकाले त्यस अघि नै स्थानीय र प्रदेशको चुनाव गर्ने तयारीमा सरकार लागिपरेको छ भन्दै चैतको दोस्रो साताभित्रमा स्थानीय चुनाव गर्न सकिने बताउनुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उहाँले लघु, कुटिर र घरेलु उद्योगको विकास तथा विस्तारका लागि सरकार गम्भीर रहेको बताउँदै सरकारी रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सन्दर्भमा पहिलो चरणमा नेपाल औषधि लिमिटेड र बुटवल धागो कारखाना सञ्चालन गर्ने जानकारी दिनुभयो ।
मन्त्री जोशीले नेपालमा उद्योगका प्रशस्त सम्भावना रहेकाले त्यसको खोजी गरी युवालाई स्वदेशमै रोक्ने लक्ष्य आफ्नो मन्त्रालयले लिएको छ भन्नुभयो ।