संशोधनपछि मात्रै संविधान कार्यान्वयन :सभापति देउवा
प्रकाशित मिति : २०७३, २८ कार्तिक आईतवार २०:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वालिङ, २८ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताउनुभएको छ ।
Advertisement
नेपाली काँग्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित प्रजातन्त्र सेनानी तथा काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन कार्यक्रममा उहाँले संविधान संशोधनका लागि प्रमुख तीन दलबीच वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने बताउनुभयो ।
“नेपालीको छ दशकको चाहना हामीले २०७२ असोजमा पूरा गरेका छौँ”–सभापति देउवाले भन्नुभयो, “संविधान कार्यान्वयन गरेर देशलाई अग्रगतितर्फ लैजानु पर्दछ ।” देश सङ्क्रमणकालमा रहेको अवस्थामा आरोपप्रत्यारोप गरेर समय फाल्नुको सट्टा दलगत स्वार्थभन्दा माथि उठेर चुनौतीलाई पार लगाउनु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।
छैसठ्ठी वर्षीय पौडेल विगत एक वर्षदेखि मस्तिष्कघातबाट पीडित हुनुहुन्थ्यो । पौडेललाई सभापति देउवाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । रासस