संविधान संशोधन होइन कार्यान्वयन आवश्यक :महासचिव पोखरेल
प्रकाशित मिति : २०७३, २ पुष शनिबार २०:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दमौली, २ पुस । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको संशोधन नभई जारी संविधानलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ।
नेकपा (एमाले) तनहुँद्वारा शनिबार दमौलीमा आयोजित संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले ९० प्रतिशत जनताले बनाएको संविधानलाई केही व्यक्तिले नरुचाउँदैमा संशोधन आवश्यक नरहेको बताउनुभयो ।
Advertisement
संविधानका विशेषता जनतालाई बुझाई यही संविधानको कार्यान्वयनका लागि अगाडि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । “जारी संविधान विधि, प्रक्रिया र अन्तरवस्तुका हिसाबले पनि लोकतान्त्रिक छ,” उहाँले भन्नुभयो ।
संविधान संशोधनको पक्षमा दर्ता भएको विधेयकविरुद्धको आन्दोलन जारी राख्न र निर्वाचनका लागि सरकारलाई दबाब दिन उहाँले जोड दिनुभयो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य जगत् विश्वकर्मा, केन्द्रीय सल्लाहकार सदस्य खगराज अधिकारी, वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, सांसद टुकराज सिग्देललगायतले एमालेको नेतृत्वमा बनेको सरकारले गरेका जनहितका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।