असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी
प्रकाशित मिति : २०७३, ३ पुष आईतवार ०९:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाबियाचौर (म्याग्दी), ३ पुस । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ ।
विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भौगोलिक अवस्थितिले कार्यान्वयन भएको छैन ।
Advertisement
म्याग्दीका एक दर्जन बढी विद्यालय गाभिए पनि अझै ८० विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए । जिल्लाभर सामुदायिक विद्यालयको सङ्ख्या २३३ छ ।
तीन कक्षासम्म सञ्चालित राम्चेको थावनस्थित शान्ति कालिका प्राविमा तीन विद्यार्थीका लागि एक शिक्षक छन् ।
त्यस्तै राम्चेको महभिरमा रहेको चन्द्र प्राविमा छ विद्यार्थीका लागि तीन शिक्षक र नारच्याङको धौलागिरि प्राविमा सात विद्यार्थीका लागि राहतसहित तीन शिक्षक छन् । बसाइँ सराइको बढ्दो दरले ग्रामीण भेगका बस्ती रित्तिँदै गएपछि सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको हो ।
वैदेशिक रोजगारीले गाउँलेको आयस्तरमा वृद्धि भएपछि सहरतिर बसाइँ सर्नेको ताँती छ । त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ । यतिमात्र होइन गाउँका विद्यालयमा शिक्षक दरबन्दीसमेत पर्याप्त छैन ।
दरबन्दी नहुँदा स्थानीय चन्दा उठाएरै विद्यालय सञ्चालन गर्न बाध्य छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार म्याग्दीको २० विद्यालयको मावि तह, १९ को आधारभूत तह र नौवटा प्रावि तह दरबन्दीविहीन छन् ।
स्थानीय स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञानका विषयगत शिक्षकको अभाव छ । चार वर्षदेखि जिल्ला शिक्षा समितिले पूर्णता पाउन सकेको छैन । नौ सदस्यीय समितिमा हाल प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र जिशिअमात्र रहेका छन् ।