सामुदायिक वन–जीवजन्तु संरक्षणमा
प्रकाशित मिति : २०७३, ५ पुष मंगलवार ०८:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बेनी (म्याग्दी), ५ पुस । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् । विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवा पुस्तालाई त्यसको विषयमा जानकारी दिन यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।
Advertisement
म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।
गौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई आफ्नो समूहद्वारा संरक्षित वन क्षेत्रमा सुरक्षा दिएर विद्यार्थीका लागि अध्ययनका विषय बनाइदिएको छ । सो विषयमा समूहका सल्लाहाकार रत्नवम मल्लले जानकारी दिँदै जङ्गलमा पूरै बारको घेरा लगाएर जनावर पक्षीको संरक्षण गरिएको बताउनुभयो ।
सल्लाहकार मल्लले भन्नुभयो– “जनावरले आफू तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाएको हो ।”
गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका बगरफाँट र भूमेनाथ सामुदायिक वनले मयूर, न्याउली, तित्रो, वन ढिकुर, मृगलगायतका जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ ।
यसैगरी म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर स–साना चिडियाखानाका रूपमा संरक्षित वन क्षेत्रलाई विकास गराउने प्रयत्न गर्दै आएको छ ।