उत्पादन बढेपछि कृषक हर्षित
प्रकाशित मिति : २०७३, २१ पुष बिहीबार २२:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फलेवास (पर्वत), २१ पुस । माझफाँट गाविसमा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि कृषक हर्षित भएका छन् ।
Advertisement
गत वर्षको तुलनामा यस वर्ष यहाँ सुन्तलाको उत्पादन तेब्बरले बढेको छ । माझफाँटस्थित ब्राह पुर्नगाउँ चिनाखेत सुन्तला कृषि सहकारीका अध्यक्ष यामबहादुर कार्कीले पाँच रोपनीमा उत्पादन भएको सुन्तलाबाट गत वर्ष रु दुई लाख ७५ हजार आम्दानी भएकामा यस वर्ष रु छ लाख आम्दानी भएको बताउनुभयो ।
“पहिला डोकोमा बोकेर बेनी र कुश्मासम्म पु¥याउनुपर्ने बाध्यता थियो, अहिले गाउँमै मोटरबाटो पुगेपछि व्यापारी सुन्तला लिन घरआँगनमै आउने गरेका छन्,” उहाँले भन्नुभयो ।
त्यस्तै ६४ वर्षीय प्रेम खत्री पनि यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको बताउनुहुन्छ । करिब चार दसकदेखि उहाँले चार रोपनीमा सुन्तलाखेती गदै आउनुभएको छ । गत वर्ष रु ९० हजार आम्दानी भएको बताउने खत्री यस वर्ष रु दुई लाखभन्दा बढी आम्दानी भएको बताउनुहुन्छ ।
जिल्ला कृषि कार्यालयले बिउबिजन, औषधि र आवश्यक औजार उपलब्ध गराएको यहाँका कृषक बताउँछन् । उनीहरुले आफ्नै लगानीमा सिँचाइ गर्दैआएका छन् । माझफाँटमा सुन्तलाको पकेट क्षेत्र तथा उत्पादनमुखी क्षेत्रका रुपमा विकसित गराउन स्थानीयले सहकारी संस्था समेत स्थापना गरेका छन् ।