संवैधानिक सङ्कट आउन नदिन दलहरु मिल्नुको विकल्प छैनः सभापति देउवा
प्रकाशित मिति : २०७३, २ माघ आईतवार २१:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वालिङ, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् ।
Advertisement
नेपाल आदर्श क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २०७४ माघभित्र तीनवटै निकायको निर्वाचन हुन नसके मुलुक संवैधानिक संकटतर्फ धकेलिन सक्ने खतरा रहेको बताए ।
‘संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल मिल्नुको विकल्प छैन,’ उनले भने, ‘२०७४ माघभित्र स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुन सकेन भने देशमा संवैधानिक सङ्कट आउन सक्छ ।’
संवैधानिक सङ्कटबाट मुलुकलाई जोगाउन दलहरुले छिटोभन्दा छिटो सहमति गरी निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो । संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल भइरहेको नेता देउवाले बताए । ‘एमाले पनि देशलाई निकास दिन सकारात्मक हुनेछ र देश छिटै निर्वाचनमा जानेछ,’ उनले भने ।