पर्यटन प्रवद्र्धन गर्न परिचयात्मक भ्रमण
प्रकाशित मिति : २०७३, ४ माघ मंगलवार १६:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, ४ माघ । कास्कीको पर्यटकीय गाउँ मिर्सामा सञ्चालित घरवास कार्यक्रमलाई अभिप्रेरित गर्न परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल कास्कीको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, पोखराको प्रवद्र्धनमा उक्त भ्रमण कार्यक्रम सम्पन्न भएको हो । पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोलीले मिर्सा गाउँमा सञ्चालित घरवास कार्यक्रमको अवलोकन गरेको थियो ।
Advertisement
गाउँ पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला अध्यक्ष तारानाथ पहारीले घरवास कार्यक्रमको प्रभावकारिताका लागि स्थानीय समुदायले देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड, पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले पर्यटनमा नयाँ अवधारणाका साथ २०६७ सालदेखि घरवास कार्यक्रम सुरु भएको जानकारी दिनुभयो ।
मिर्सा घरवास कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष बुद्धीकुमारी गुरुङका अनुसार १७ वटा घरमा सञ्चालन भएको घरवास कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।