गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन
प्रकाशित मिति : २०७३, १० माघ सोमबार ०९:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पर्वत, १० माघ । पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ ।
Advertisement
पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन् ।
आर्थर गाविसमा रहेका पञ्चकोसी माविसहित अन्य विद्यालयमा अङ्ग्रेजी माध्यममा शिक्षा दिने अभियानमा मुख्य सहयोग गर्न उक्त समाज गठन गरिएको हो । समाजले कतारमा रहेका युवालाई पञ्चकोसी मावि भूतपूर्व समाजले सञ्चालन गरेको फेसबुक अभियान मार्फत लाखौँ रुपैयाँ सहयोग सङ्कलन गरिरहेको छ । पर्वत युवा सेवा समाज कतारको मातहत रहने गरी गठन भएको आर्थर डाँडाखर्क सेवा समाजको उद्घाटन पर्वत युवा सेवा समाज कतारका अध्यक्ष दीपेन्द्रजंग लामिछानेले गर्नुभयो ।
आर्थर डाँडाखर्क सेवा समाजका अध्यक्ष धन सुनार खातीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संरक्षक अञ्जिव गुरुङले आर्थरमा शैक्षिक र सामाजिक क्षेत्रको विकासका लागि काम गर्ने जानकारी गराउनुभएको थियो ।