दाताको सहयोगमा गाउँमै बन्यो प्यारापिटसहितको खेलमैदान
प्रकाशित मिति : २०७३, ३ फाल्गुन मंगलवार १७:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पर्वत, ३ फागुन । जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा ।
Advertisement
पर्वतको उत्तरी क्याङ गाविसमा स्वदेश र विदेशमा रहेका शुभचिन्तकको सहयोगमा प्यारापिटसहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएको छ । स्थानीय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्कङमा रहेका मनकारीहरुको सहयोगमा खेल मैदान निर्माण गरेको क्लबले जनाएको छ ।
क्लबले रु छ लाख ५० हजारको लागतमा ढुङ्गा बिच्छ्याएर प्यारापिट निर्माण गरेको हो । निर्माण गरेको प्यारापिटमा झन्डै ५०० अटाउन सक्ने क्षमता छ । उक्त कोर्ट र प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, गुमबहादुर पुन (सुबेदार), हङ्कङ बस्ने हेमबहादुर पुनलगायतले आर्थिक सहयोग गरेका छन् । ।
निर्माण भएको खेलमैदान र प्यारापिट जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष प्रेम गुरुङले हिजो यहाँ आयोजित कार्यक्रममा उद्घाटन गर्दै गाउँगाउँमा खेलकुँदको विकासका लागि सक्दो सहयोग गर्ने बताए ।
यसैगरी सोही कार्यक्रममा स्थानीय किरण पुनका परिवारले बाजुङ आधारभूत प्राथमिक विद्यालयलाई चार रोपनी जग्गा दान गरेका छन् ।पुनले जिल्ला खेलकुद विकास समितिलाई रु ५० हजार बराबरको खेलकुद सामग्रीसमेत प्रदान गरेका छन् ।