गाउँ पर्यटनसम्बन्धी पत्रकारिता पुरस्कार स्थापना
प्रकाशित मिति : २०७३, ४ फाल्गुन बुधबार २२:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, ४ फागुन । पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल भिटोफ’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ ।
Advertisement
गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवद्र्धनमा योगदान पुर्याएका स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेक अध्यक्ष सुशीलादेवी गुरुङलाई सम्मान गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
उनका अनुसार उनीहरु तीनै जनालाई ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’ प्रदान गर्न लागिएको हो । “होमस्टेसहित गाउँको पर्यटन विकासमा कुशलतापूर्वक नेतृत्व गरेबापत उहाँहरुको सम्मान गर्न लागेका हौँ”,– पहारीले भने ।
उक्त कार्यक्रममा नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीका अभियन्ता एवम् स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरिने अध्यक्ष पहारीले बताए ।
उनका अनुसार हरेक वर्षको साउनमा भिटोफको वार्षिक साधारण सभाको अवसर पारी पोखरासहित पश्चिमाञ्चल क्षेत्रका दुईजना पत्रकारलाई ‘रुद्रमान स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ रहने छ ।
रुद्रमानकै अगुवाइमा २०५४ असोजदेखि सिरुबारीमा होमस्टेसहित गाउँ पर्यटन सुरु गरिएको थियो । गुरुङको ८६ वर्षका उमेरमा २०७२ साल फागुन १५ मा निधन भएको थियो । रासस