टुबर्ग दोस्रो नेपालगन्ज गोल्डकपमा मनाङ मस्याङदी पहिलो चरणबाटै बाहिरियो
प्रकाशित मिति : २०७३, २९ फाल्गुन आईतवार २३:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । टुबर्ग दोस्रो नेपालगन्ज फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रुपेन्देही ११ विजयी भएको छ । आज भएको प्रतियोगितामा मनाङ मस्याङदी र रुपन्देही ११ विचको खेलमा रुपन्देही ११ले २-१ मनाङ मस्याङदीलाइ पराजीत गर्दै सेमिफ़ाइनलको यात्रा पक्का गरेको छ ।
Advertisement
निकै प्रतिष्पर्धात्मक आज भएको खेलमा पहिलो हाफ गोल रहित बराबरी भएको थियो । खेललाइ केहि सुधार गर्दै दोस्रो हाफको ७२ औ मिनेटमा मनाङ मस्याङदीका जसी नम्बर ७ का शुशिल लामाले एक गोल गरी टिमलाइ अग्रता दिलाएका थिए । त्यसको केहि समय बित्न नपाउदै रुपेन्देही ११ का लागी जर्सी नम्बर ८ का उत्तम गुरुङ ले खेलको ८२ औ मिनेटमा गोल गरी खेललाइ बराबरीमा पुर्याएका थिए । दर्शकको अपार माया पाएको रुपन्देही ११ ले आक्रामक खेल खेल्दै ८९ औ मिनेटमा जसी नम्बर १० का अमर डगोंलले गोल गर्दै टिमलाइ बिजयी तिर धकेलेका थिए ।उक्त गोलनै बिजयी गोल बन्न पुग्यो ।
आज भएको खेलमा रुपन्देही ११ का लक्ष्मन रुचाल लगयात मनाङ मस्याङदीका बिशाल गुरुङ र अफ़ीज वलाओलेले पहेलो कार्ड प्राप्त गरेका छन् । प्रतियोगीताको म्यान अफ द म्याच रुपन्देही ११ का विदेशी खेलाडी मुसा भए, उनीले लेनोभो मोबाइल प्राप्त गरेका छन् ।
प्रतियोगितामा भोलि हुने खेल अन्तर्गत सिएमजी संकटा र सुदुरपश्चिम ११ को बीच पहिलो सेमफिाइनल खेल हुने आयोजक तथा बांके फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मस्याङ्गदी क्लब , नेपाल पुलिस, दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको आयोजकले जनाएको छ । गत बर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।