अग्नी रुपन्देहीलाई नेपालगञ्ज गोल्ड कप उपाधि
प्रकाशित मिति : २०७३, ३ चैत्र बिहीबार २०:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
सौरभ गिरी/नेपालगञ्ज। अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो ।
६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । टाइब्रेकरमा दुवै टोलीले ८–८ पेनाल्टी प्रहार गरेका थिर्ए । सडन डेथमा गौरव बुढाथोकीको गोलमा रुपन्देहीले नेपालगञ्ज गोल्डकप जितेको हो ।
त्यहि गोलमा रुपन्देहीले ५ लाख रुपैयाँ पुरस्कार राशीको नेपालगञ्ज गोल्डकप जितेको थियो । संकटाले २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।