दाङमा स्कुले विद्यार्थीमा लागु औषधको लत, २ महिनामा ५० विद्यार्थी प्रहरी नियन्त्रणमा
प्रकाशित मिति : २०७३, १० चैत्र बिहीबार २३:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
शिवु खनाल/दाङ : स्कुले विद्यार्थीहरु लागु औषध दुब्र्येसनको शिकार भएको पाइएको छ । वडा प्रहरी कार्यालय दाङ लमहीले दुई महिनाको अवधीमा लमही क्षेत्रवाट मात्रै ५० जना स्कुले विद्यार्थीहरुलाई गाँजा सेवन गरीरहेको अवस्थामा पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेपछी स्कुले विद्यार्थीहरु लागु औषध दुब्र्येसनको शिकार भएको पाइएको हो ।
Advertisement
निजि विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत किशोरहरु दुब्र्येसनमा फसेको र पहीलो पटक सम्झाई वुझाई गरी आफन्तको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिए । उनका अनुसार दुई जना ब्राउनसुगर कारोवारीलाई पक्राउ गरी मुद्धा दर्ता गरी कारवाही पक्राउ अघि वढाइएको छ । प्रहरीले स्कुले विद्यार्थीलाई केन्द्रित गरी सचेतना अभियान चलाउने योजना वनाएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।
प्रहरीले होटलहरुमा आपत्ती जनक अवस्थामा भेटीएका जोडीहरुलाई पक्राउ गरी सम्झाई वुझाई आफन्तहरुको जिम्मा लगाईएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । होटलहरुमा अनैतिक कार्यमा संलग्न ११ जना जोडीहरु पक्राउ परेका थिए । मादक पदार्थ सेवन गरी
हो-हल्ला गर्ने २५ जनलाई पक्राउ गरिएको र ६ जनालाई सार्वजनिक मुद्धा चलाइएको छ । दुई महिना १० दिनमा सवारी ज्यान सम्वीन्ध ५ मुद्धा दर्ता गरिएको छ । जवरजस्ती करणी उद्योग एक, ज्यान मार्ने उद्योग एक, झुण्डीएर आत्म हत्या एक, विष सेवन दुई, पानीमा डुवेर ३ जनाको मृत्यु भएको छ ।