दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष
प्रकाशित मिति : २०७४, १२ बैशाख मंगलवार ०८:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा । पोखराको रामबजार निवासी एक रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु छ लाखको अक्षयकोष स्थापना गरी दिनुभएको छ ।
Advertisement
पोखरा रामबजारस्थित कालिका उच्च माविमा रु चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु दुई लाखको अक्षयकोष स्थापनाका लागि सोमबार रकम हस्तान्तरण गरियो ।
सो ठाउँ निवासी वैकुण्ठ रञ्जित, शिव रञ्जित, सुदर्शन रञ्जित र विजय रञ्जितले आफ्ना स्व पिता हरिगोपाल रञ्जित र आमा गणेशमाया रञ्जितको नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको हो ।
चार दाजुभाइले आफ्ना पिता स्व हरि गोपालको ४५ औँ दिनको तिथि पारेर सोमबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययन÷अध्यापनका लागि विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको साँइला छोरा फोटो पत्रकार सुदर्शन रञ्जितले जानकारी दिनुभयो ।
अक्षयकोषबाट प्राप्त ब्याजले कालिका उच्च माविमा कक्षा ९ देखि १२ कक्षासम्मका र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्र्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।