टिकट बिवरणमा पक्षपात गरेको प्रति असन्तुष्टि जनाउदै छुट्टै भेलाको आयोजन
प्रकाशित मिति : २०७४, १८ जेष्ठ बिहीबार ११:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर । टिकट बितरण प्रति असन्तुष्टि जनाउदै नेपाली काग्रेस दाङ ववई गाउपालिका ७ को एक पक्षले छुट्टै भेला गरेको छ । टिकट बिवरणमा पक्षपात गरेको प्रति असन्तुष्टि जनाउदै छुट्टै भेलाको आयोजन गरेको काग्रेसका एक नेताले बताए । नेपाली काग्रेस साबिक पञ्चकुलेका उपाध्यक्ष नोखीराम डाँगीको अध्यक्षतामा भएको भेलाले स्वतन्त्र उम्मेदवारीको प्यानल सहित घोषणा गरेको छ ।
Advertisement
स्थानीय तहको दोस्रो चरणको निर्बाचनमा काग्रेसको टिकट बितरणमा असन्तुष्टि जनाउदै एक पक्षले ववई ७ बाट स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेको हो । वडा अध्यक्षमा महावीर चौधरी, सदस्यहरुमा अमर बुढा, तेज बहादुर लामिछाने, महिला सदस्यमा चेतना चौधरी, दलित महिला सदस्यमा बिष्णु बिकले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरका हुन् ।
हेमन्त योगीको प्रमुख आतिथ्य तथा पुरन्धारा गाँउ समितिका अध्यक्ष टेक बहादुर वलीको बिशिष्ट आतिथ्यमा भएको भेलामा ३सय ७५ जना काँग्रेस कार्यकर्ताले असन्तुष्ट पक्षलाई समर्थन जनाएका थिए । त्यस अबशरमा बोल्ने सहभागिहरुले पार्टी सिद्धान्त विपरित गएकाले स्वतन्त्र उम्मेदवारी उठाउन बाध्य भएको बताएका थिए ।
समाज बिकासका लागि स्वच्छ र निश्पक्ष उम्मेदवार उठाउनु पर्नेमा पार्टीले टिकेट बितरण गर्दा नाताबाद र कृपाबाद गरेको उनले आरोप लगाए ।