बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले
प्रकाशित मिति : २०७४, २८ जेष्ठ आईतवार ११:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बर्दिया । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् ।
Advertisement
बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन् ।
विसं २०७१ साउनको बाढीबाट बर्दियामा करिब तीन हजार ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितले पनि आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिन थालेपछि राजनीतिक दलले पनि उनीहरुका एजेन्डा समेटेर चुनावमा होमिएका हुन् ।
एमाले, काँग्रेस, माओवादी केन्द्र र राप्रपाले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुनर्वास, लालपुर्जा, सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयलाई चुनावी मुद्दासमेत बनाउन थालेका छन् । सदरमुकाम गुलरियामा डेरा जमाएर बसेका विभिन्न नेतालाई यतिखेर यस्ता मुद्दा लिएर गाउँगाउँ र टोलटोलमा जान भ्याई नभ्याई छ ।
बर्दियामा चुनावमा सहभागिता जनाउन २० दल दर्ता भएका छन् । हालसम्म कुनै पनि दलले नगरपालिकामा प्रमुख, उपप्रमुख र गाउँपालिकामा अध्यक्ष कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् ।
काँग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो नलगाए पनि आफ्नो पोल्टामा जित पार्न एजेन्डा लिएर आफ्नो दललाई जिताउन आग्रह गर्दै जनताको दैलोमा मत माग्न दलहरु व्यस्त रहेका छन् । यसैगरी, मुख्य तीन दलले वडाध्यक्ष र सदस्य छनोट गर्ने कामलाई पनि तीव्रता दिएका छन् ।