नेपाली काँग्रेस बाँकेको चुनावी घरदैलो अभियान थप आक्रमक बन्दै
प्रकाशित मिति : २०७४, १० असार शनिबार १०:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज:नेपाली काँग्रेसले बाँकेका आठ वटै स्थानीय तह तथा ८१ वडा वडामा चुनावी घरदैलो अभियानलाई थप आक्रमक बनाएको छ ।
काँग्रेसप्रतीको जनलहर बढ्दै गएपछि नेपालगन्जका मेयर उपमेयर, कोहलपुरका मेयर उपमेयर तथा ६ वटै गाउँपालिकाका प्रमुख उपप्रमुखहरुले चुनावी अभियानलाई थप सशक्त पारेका छन ।
Advertisement
नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डाक्टर सुरेशकुमार कनोडिया र उपप्रमुख पदका उम्मेदवार उमा थापामगरले आज लायन्स क्लव अफ नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–२ बालमिकी टोल, त्यसैगरी सुर्जेगाउँमा घरदैलो गर्नुभएको छ ।
नेपालगन्जलाई विकास गर्ने जनप्रतिनिधि आवश्यक भएकाले अरु उम्मेदवार भन्दा कनोडिया र थापामगर सक्षम, सुझारु र सफल व्यक्तित्व भएको लायन्सका अध्यक्ष गोपाल अधिकारीले वताउनुभयो ।
उहाँले नेपालगन्जको विकासका लागि कनोडिया नेतृत्वको विकल्प नभएको पनि बताउनुभयो । त्यसैगरी बालमीकि टोल र सुर्जे गाउँका मतदाताहरुले पनि काँग्रेस उम्मेदवारलाई न्यानो आथित्यता गर्दै लोकतन्त्रमा विश्वास राख्ने र स्थानीयको विकास निर्माणमा भूमिका खेल्ने पार्टीलाई जिताउने प्रतिबद्धता जनाएका थिए ।